Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

बीच सडकमा बालबालिकालाई पढाइयो

बुधबार, २३ भदौ २०७२

काठमाडौं २३ भदौ / लक्ष्मी चण्डी मुरारीका उच्च मावि जलेश्वरमा कक्षा ५ मा अध्ययनरत सुमन चौधरीले आफना शिक्षक हरिनारायण झासँंग जहिले पनि एउटै प्रश्न गर्छन सर हाम्रो पढाई कहिले सुरु हुन्छ?

विद्यार्थी चौधरी जस्तै सोही विद्यालयको कक्षा ५ मै अध्ययनरत नितेशकुमार साह , रितेश पाण्डेय र आराधना ठाकुरको पनि प्रत्येक दिन शिक्षक झासँग यस्तै जिज्ञासा हुन्छ । सर हाम्रो कक्षा कहिल्यै सुरु हुन्छ ? विद्यार्थीको यस्ता जिज्ञाासाको शिक्षक झा एउटै जवाफ फर्काउछन 'बाबु बन्द खुल्न दे ' अनि पढाई सुरु भई हाल्छ नि ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण २५ दिनदेखि विद्यालय जान नपाएर घरमै कोचिएर बस्न बाध्य विद्यार्थीहरुले दिनहु शिक्षक झा सँंग गर्ने यस्ता जिज्ञासु प्रश्नले उनलाई ज्यादै नै दुखित तुल्याउँछन्। ती विद्यार्थीहरुको पढाई प्रतिको लगाब र जिज्ञासु प्रश्न गर्ने शैलीले उनलाई राति सुत्ने वेला पनि झलझली आँखा अगाडी घुम्न थाले पछि शिक्षक झालाई आजकाल राति निद्रा पनि कमै आउन थालेका छन्।

देशको राजनीतिक खिचातानीले देशको बिग्रदैं गएको माहोलका कारण विद्यार्थी २५ दिन देखि स्कुल जान नपाएपछि पढाई विग्रेर उनीहरुको भविष्य नै विग्रँदै गएको देख्दा शिक्षक झाको मन स्राहै दुखित भएर आउँछ ।

मंगलबार पनि विद्यार्थीहरुले शिक्षक झा कहाँ गएर सर अव त २५ दिन भई सक्यो कहिल्यै पढाई सुरु हुन्छ ? सोधे पछि शिक्षक झाले आफनो मनलाई थाम्न सकेनन्। उनी एक विहानै आफुकहाँ आएका ३० भन्दा बढी विद्यार्थीलाई लिएर जलेश्वरको महेन्द्र चोकमा पुगेर बीच सडकमै पढाउन थाले ।

राजनीतिक खिचातानीले कलिला बालबालिकाको भविष्य विग्रन दिनु हुँदैन भन्ने मान्यता राख्ने शिक्षक झाले विद्यार्थीहरुलाई बीच सडकमै लामबद्ध गरेर बसाएर पढाउन थालेपछि हेर्न आउनेको ठुलै भीड लाग्यो।  शिक्षक झाको यस्तो नौलो कार्य देखेर हेर्न आउने सवै अच्चमा परे। आखिर शिक्षक झाले केह गर्न खोजेको होला।

हेर्न आउनेहरु भीडमा मध्येका एकले शिक्षक झासँग वालबालिकालाई सडकमा किन पढाउन थालेको प्रश्न गरेपछि उनी सरकारप्रति निकै आक्रामक हुँदै प्रस्तुत भए । सरकारकै कारणले यी कलिला बालबालिकाको भविष्य बिग्रेको आफू हेर्न नसक्ने भएर बालबालिकाहरुलाई बीच सडकमा अध्ययन गराउने उद्देश्यका साथ पढाउन लागेको बताए।

नागरिकमा महेशकुमार दासले लेखेका छन् ।

प्रतिक्रिया