Edukhabar
शनिबार, ०१ मंसिर २०८१
अन्तैवाट

इपिएस परीक्षामा ३१ परीक्षार्थी पक्राउ

आइतबार, ०५ असार २०७३

काठमाडौँ, ५ असार । रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी ३१ जना अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए ।  

पक्राउ परेकाहरुलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको उनले बताए ।  यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।  

आज ३० हजार २०२ परीक्षार्थी रहेकामा २८ हजार ७८२ जनामात्रै परीक्षामा सहभागी भएको उहाँले जानकारी दिनुभयो ।   बाँकी परीक्षार्थीको आइतबार बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि परीक्षा सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ ।  

यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।  

आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् ।  

(गोरखापत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया