काठमाडौँ, ३ असार । १९९०– एसएलसी बोर्ड स्थापना। केही वर्षसम्म पटना विश्वविद्यालयका अधिकारीद्वारा काठमाडौं आएर एसएलसीको प्रश्नपत्र निर्माण, परीक्षा अनुगमन तथा उत्तरपुस्तिका परीक्षण।
१९९० सालमा ३४ जना परीक्षार्थी सामेल भएकामा १९ जना पास। कुल ८ सय पूर्णांकको परीक्षामा कसैले पनि प्रथम श्रेणी नल्याएको। पुष्पभक्त मल्ल पहिलो ुबोर्ड फस्टु भए पनि दोस्रो श्रेणी मात्र आएकाले उनले सरकारद्वारा घोषित मासिक १५ रुपियाँ छात्रवृत्ति पाएनन्।
१९९१– प्रसिद्ध कूटनीतिज्ञ यदुनाथ खनाल प्रथम श्रेणीसहित ुबोर्ड फस्टु। २००२– नेपाल सरकार, शिक्षा विभागद्वारा आफ्नै व्यवस्थापनमा एसएलसी परीक्षा सञ्चालन।
२००७– राणाविरोधी आन्दोलनका कारण केही विद्यार्थीद्वारा एसएलसी बहिष्कार। २००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र घोषणा भएपछि छुटेका विद्यार्थीका लागि सोही वर्ष पुनः परीक्षा। पहिलो चरणमा नन्दकिशोर अग्रवाल र दोस्रो चरणमा शंकरकृष्ण मल्ल गरी दुई जना ुबोर्ड फस्टु घोषणा।
२०२८– नयाँ शिक्षापद्धति लागू भएपछि नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम गरी दुईखाले परीक्षा प्रणाली।
२०३४– नयाँ र पुरानो पाठ्यक्रमबाट गरी ४ जना ुबोर्ड फस्टु घोषणा। नयाँबाट सत्यनमान राजभण्डारी, सतीश बजाज, विजयप्रकाश श्रेष्ठ तथा पुरानोबाट ईश्वर प्रधान। २०३८– लुना भट्ट ुबोर्ड फस्टु हुने पहिलो छात्रा।
२०५१– एमाले सरकारका पालामा ुबोर्ड टपरु खारेज। २०५२– नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारद्वारा ुबोर्ड टपरु पुनःघोषणा।
२०६१– एसएलसीमा ुबोर्ड फस्टु छान्ने परम्परा सुरु भएको ७१ वर्षपछि ुबोर्ड टपरु खारेज।
२०७३– एसएलसीको ८३ वर्षे इतिहासमा ग्रेडिङ प्रणाली लागू। ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई ग्रेड विभाजन।
* सच्याईएको - सं.
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया