काठमाडौँ, ३ असार । बर्षापछि आएको पहिरोले खोटाङमा एक विद्यालय पुरेको छ । मंगलबार रातभर परेको अविरल बर्षापछि बुधबार बिहान माथीबाट झरेको पहिरोले दोर्पाचिउरीडाडाँ ४ बुवालुङस्थित शितला निमाविको पुर्वतर्फ रहेको दुई कोठे ब्लक र चारकोठे शौचालय पुरेको हो ।
कक्षा ७ र ८ अध्ययन हुँदै आएको भवन पहिरोले पुरिएपछि पठनपाठनमा समस्या भएको विदालय व्यवस्थापन समितीका अध्यक्ष गजेन्द्र राईले बताए । कोही नभएको समयमा पहिरो गएका कारण मानवीय क्षति भने हुन पाएन् । पहिरोले दुई कोठे ब्लकको दुई कोठा र चार कोठा भएको शौचालयको एउटा कोठा पनि पूर्ण रुपमा पुरिएको छ ।
अहिले कक्षाकोठा अभाव भएपछि शुक्रबारदेखि विद्यालय बिदा गर्ने र अस्थायी कक्षा बनाएर पूनः कषा शुरु गर्ने अध्यक्ष राईले बताए ।
(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)
प्रतिक्रिया