Edukhabar
सोमबार, ०८ पुस २०८१
विदेशमा शिक्षा

डेढ लाख आए शैक्षिक मेलामा !

मंगलबार, ३२ जेठ २०७३

काठमाडौं - विदेशमा आध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई रिामर्श तथा सही सूचना दिने उद्धेश्यले भृकुटीमण्डपमा शुरु शैक्षिक मेलाको, विद्यार्थी र अभिभावक गरी डेढ लाखले अवलोकन गरेका छन् । शुक्रबारदेखि शुरु मेलाको अन्तिम दिन सोमबार मात्रै ३७ हजार जनाले मेला अवलोकन गरी परामर्श लिएको आयोजक नेपाल शैक्षिक परामर्श संघ इक्यानले जनाएको छ । मेलाको पहिलो दिन २५ हजार, आइतबार ३७ हजार, शनिबार ५२ हजारले अवलोकन गरेका इक्यानले जनाएका छ ।

१० औं संस्करणको मेलामा सोमबार पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्व स्थानिय विकास मन्त्री राजेन्द्र पाण्डे, विभिन्न दलका नेता तथा सांसदहरुले समेत अवलोकन गरे ।  पूर्व प्रधानमन्त्री खनालल संसारको कुनै पनि मुलुक पुगे पनि आफुले आर्जन गरेको ज्ञान र सिप नेपालमै खर्च गर्न विधार्थीलाई आह्वान गर्नुभयो ।

यसपटकको मेला करिअर काउन्सिलिङका दृष्टिकोणबाट विगतका तुलनामा कोशे ढुङ्गा सावित भएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । व्यवसायिक पवद्र्धन र विधार्थी तथा अविभावकले पाउनुपर्ने सुचना एकिकृत ढंगले प्रदान गर्न सफल भएकाले मेलाको उद्धेश्य पुरा भएको यनको दावी छ ।

मेलामा २ सय २५ स्टल र १७ पेविलियन गरि जम्मा २ सय ४२ स्थानबाट परामर्श उपलब्ध गराईएको थियो । मेलामा ५० भन्दा बढि गन्तव्यका लागी ८० भन्दा बढि शैक्षिक संस्थाहरु तथा १ सय भन्दा बढि आधिकारिक परामर्श व्यवसायीहरुको सहभागीता रहेको थियो । 

प्रकाशित मिति २०७३ जेठ ३२ गते

प्रतिक्रिया