काठमाडौँ, २८ जेठ । सरकारी वेवास्ताका कारण रौतहटको गौर नर्सिङ इन्स्टिच्युटमा विद्यार्थी भर्ना तथा कक्षा सञ्चालनमा समस्या आएको छ । प्राविधिक तथा व्यवसायिक तालिम परिषद (सिटीइभिटी)को आंगिक क्याम्पसका रुपमा स्थापित सो इन्स्टिच्युटको प्राज्ञिक निर्माण दुई बर्ष अघि नै सम्पन्न भएको थियो । तर, अहिलेसम्म शैक्षिक गतिविधी सञ्चालन भएको छैन् ।
इन्स्टिच्युटका प्रमुख टेकराज पौडेलका अनुसार स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ परिषद तथा सिटीईभिटी कुनै पनि निकायले चाँसो नदिदाँ कक्षा सञ्चालन हुन नसकेको हो । सरकारले अवलम्बन गरेको नर्सिङ शिक्षासम्बन्धि नीति नै इन्सिटच्युटमा विद्यार्थी भर्ना हुन नसक्नुको कारण रहेको पौडेलले बताए ।
नर्सिङ कक्षा सञ्चालन गर्दा ४० विद्यार्थीका लागी सय शैयाको ठूलो अस्पतालमा विद्यार्थीलाई अभ्यास गराउन सम्झौता गर्नुपर्ने हुन्छ । तीन बर्षे स्टाफ नर्स कोर्स पढ्दा विद्यार्थीले २६ हप्ता अस्पतालमा अभ्यास गर्नुपर्ने हुन्छ ।
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया