काठमाडौँ, २८ जेठ । गोरखाको स्वारा गाविस– ६ मा रहेको माझथर माविका ४ जना छात्राहरुमा अनौठो लक्ष्यण देखिएपछि विद्यालय बन्द गरिएको छ। सह–प्राध्यापक सन्तमान गुरुङका अनुसार केही दिनदेखि सो विद्यालयका चार जना छात्रालाई रुने,कराउने, अरुलाई कुट्ने तथा भाग्ने जस्ता अनौठो लक्षण दिखिएपछि हाललाई विद्यालय बन्द गरिएको हो।
यस्तो अनौठो लक्षण देखिने विद्यार्थीहरुमा सोही गाविसका सम्झना गुरुङ, अनिता गुरुङ, कविता गुरुङ र शान्ति लामा रहेका छन्। सह–प्राध्यापक गुरुङले उनीहरुलाई नजिकैको स्वास्थ्यसंस्थामा भर्ना गरिएको जनाए। केही दिन अघिपनि एक जना छात्रामा यस्तै लक्षण देखिएको थियो।
नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया