Edukhabar
आइतबार, २५ फागुन २०८१
अन्तैवाट

विद्यालयमा धर्म प्रचार गर्ने सञ्चालकसहित ७ जना पक्राउ

विहीबार, २७ जेठ २०७३

काठमाडौँ, २८ जेठ । यशुखृष्टसम्बन्धि पुस्तक बाडेर धर्मप्रचार गरेको आरोपमा दुई वटा निजी स्कुलका सञ्चाकसहित साता जनालाई प्रहरीले विहिवार प्रक्राउ गरेको छ ।  चरिकोटस्थित माउण्टभ्याली बोडिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही सहित क्रिस्चियन संस्था टिच नेपालमा आबद्ध व्यक्तिहरुलाई प्रहरीले पक्रेको हो । प्रिन्सिपलहरु विद्यालयबाट र अन्य पाच जना चरिकोटस्थित सातदोवाटो चोकबाट प्रक्राउ परेका हुन् । 

टिच नेपालबाट आएका काठमाडौंका बनिता डंगोल, मकवानपुरका बालकृष्ण राई, गोर्खाका फिलिप तमाङ, ललितपुरका किरण दाहाल, रामेछापका भीमबहादुर तमाङ पनि पक्राउ परेका छन् । उनीहरुले माउण्टभ्यालीका करिब ५ सय र मोर्डन नेपालका करिब ३ सय ८५ जना विद्यार्थीलाई रुमाल र यशुखृष्टसम्बन्धि महान कथा बाडेको आरोप लगाइएको छ । टिच नेपालबाट प्रचारमा प्रयोग भएको एउटा मोटर पनि प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी प्रमुख डिएसपी बेलबहादुर पाण्डेका अनुसार उनीहरुले बुधबार माउण्टभ्यालीमा र विहिवार मोर्डन नेपालमा विद्यार्थीहरुलाई दिनभर धार्मिक कार्यक्रम गरेर प्रवचनसमेत गरेका थिए । कलिला बालबालिकालाई धार्मिक रुपमा अभिप्रेरित गरेको आरोपमा प्रहरीले सबैजनालाई धर्म प्रचार तथा धर्म परिवर्तनसम्बन्धि मुद्दा चलाउन तयारी गरेको छ ।  

 

मुलुकी ऐन अदलको महलको १ र नेपालको संविधान धारा २६ उपधारा ३ विपरीत कार्य गरेकोले मुद्दा चलाइने तयारी गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया