Edukhabar
आइतबार, २५ फागुन २०८१
खबर/फिचर

बन्दको मार विद्यार्थी र शैक्षिक संस्थालाई : मानव अधिकार आयोग

विहीबार, २७ जेठ २०७३

ललितपुर - बन्दका कारण सबै भन्दा धेरै मार विद्यार्थीलाई परेको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । नेकपा माओवादी विप्लव समूहले गरेको बन्दले शैक्षिक संस्था र विद्यार्थी बढि मारमा परेको भन्दै आयोगले वार्ताको माध्यामबाट सहमती खोज्न सरकार र बन्दकर्तालाई आग्रह गरेको छ ।

बन्दका कारण सवारी साधन नचलेपछि सर्वसाधारण नागरिकलाई आवत जावतमा कठिनाई भएको, दैनिक रोजगारी लगायत शैक्षिक संस्था कलकारखाना बन्द हुँदा दैनिक मजदुरी गरेर खाने बर्ग र विद्यार्थी बढि मारमा परेको आयोगले जनाएको छ ।

बन्दले नागरिकको जनजीवन कष्टकर भएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै आयोगकी प्रवक्ता मोहना अन्सारीद्धारा जारी विज्ञप्तिमा बन्दले नागरिकको अधिकार कुण्ठित भएको भन्दै बन्दका क्रममा घाईते भएकाहरुको निशुल्क उपचारको ब्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गरिएको छ । 

प्रकाशित मिति २०७३ जेठ २७ गते 

प्रतिक्रिया