Edukhabar
बुधबार, १२ मंसिर २०८१
गतिविधि

कुलपति पदक देखि मानार्थ विद्यावारिधी उपाधि दिने विश्वविद्यालयको निर्णय

विहीबार, २७ जेठ २०७३

काठमाडौँ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पाचौँ सिनेट बैठकले विभिन्न निर्णय गरेको छ । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले विश्वविद्यालयको आर्थिक प्रतिवेदन सार्वजनिक गर्र्ने देखि विश्वविद्यालयको भवन शिलान्यास र आंगिक क्याम्पस थप्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता र शिक्षामन्त्री गिरिराजमणी पोखरेल लगायतको सहभागितामा बसेको बैठकले आ.व.२०७३।०७४ लागि जम्मा बजेट रू. १,०६,००,९८,३९३.००।– (अक्षरेपी एक अरब छ करोड अन्ठानब्बे हजार तीन सय त्रियानब्बे) बाट पुंजीगततर्फ रू. ४६,०६,२०,०००.००।– र सञ्चालनतर्फ रू। ५९,९४,७८,३९३।– (अक्षरेपी उन्साठी करोड चौरानब्बे लाख अठहत्तर हजार तीन सय त्रियानब्बवे)  को बजेट तथा कार्यक्रम पारित गरेको छ । 

मध्यपश्चिमाञ्चल विश्वविद्यालय शिक्षा विज्ञान संकायलाई शिक्षाशास्त्र सङ्काय नामकरण गर्ने कुरा पनि पारित भएको छ ।

कला, विज्ञान, चिकित्शाशास्त्र, कानुन, व्यवस्थापन, शिक्षा, प्राविधिक तथा अन्य व्यावसायिक विषयमा अध्ययन, अध्यापन र अनुसन्धान गर्ने काम समेतको लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापना भएकाले मूलतः प्राविधिक शिक्षाको विस्तारगर्नका लागि यस  मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा रहेको द्रोणाचल शिक्षा  क्याम्पस, दुल्लु दैलेख ,मानसरोवर बहुमुखी क्याम्पस, हुम्ला,सल्यान बहुमुखी क्याम्पस,सल्यान ,रास्कोट बहुमुखी क्याम्पस, कालिकोट ,डोल्पा बहुमुखी क्याम्पस, डोल्पा  ,देउखुरी बहुमुखी क्याम्पस, लमही, दाङ, राप्ती बबई क्याम्पस,तुलसीपुर,दाङ, स्वर्गद्वारी क्यापम्स, प्युठान लाई कार्यकारी परिषद्ले तोकेका शर्त र मापदण्डका  आधारमा आंगिक क्याम्पसको रुपमा आबद्ध  गर्ने भनि पारित भएको छ।

यस्तै परीक्षा व्यवस्थापन प्रमुखलाई आवश्यक सहयोग गर्न र परीक्षा व्यवस्थापन प्रमुखको अनुपस्थितिमा निजले गर्नुपर्ने काम कारवाहीका लागि परीक्षा व्यवस्थापन सह–प्रमुखको व्यवस्था गरिएको छ । 

परीक्षा व्यवस्थापनमा सह–प्रमुखको नियुक्ति रजिष्ट्रारको सिफारिसमा कार्यकारी परिषद्ले गर्नेछ। आवश्यकता अनुसार एक वा सो भन्दा बढी परीक्षा व्यवस्थापन सह–प्रमुखको नियुक्ति गर्न सकिने छ । परीक्षा व्यवस्थापन सह–प्रमुखको काम, कर्तव्य र अधिकार, निजको तलव सुविधा कार्यकारी परिषद्ले तोके बमोजिम हुनेछ । निजको कार्यावधि २ बर्षको हुनेछ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा  कम्तीमा ३ वर्ष करार सेवामा रहेका शिक्षक–कर्मचारीहरूलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ को  दफा ३९,बमोजिम  नेपाल सरकारबाट स्वीकृत दरवन्दीभित्र रही एक पटकको लागि मात्र  विशेष आन्तरिक खुल्ला  प्रतियोगिताद्वारा सेवा आयोगको सिफारिसमा स्थायी गरिने छ । तर यस प्रयोजनका लागि सम्बन्धित व्यक्तिले सम्बन्धीत पदको लागि यस विश्वविद्यालयले तोकेको शैक्षिक योग्यता पुरा गरेको हुनु पर्ने छ ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले तर्जुमा गरेको बिस वर्षे रणनीतिक योजना सम्बन्धी प्रस्ताव पारित भएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय स्नातक तह – वि.वि.ए. र स्नातकोत्तर तह (एम.वि.ए.) र इन्जिनियरिङ संकायको  स्नातक तह (बि.ई.) मा अध्ययनरत विद्यार्थीहरूमध्ये सम्पूर्ण सेमेस्टरहरूको कूल अंकमा सर्वोत्कृष्ट हुने एक एक जनालाई सुर्खेत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अवार्ड SCCI Award, विश्वविद्यालयका सम्पूर्ण संकायहरूमध्ये सर्वोत्कृष्ट हुने एक जना विद्यार्थीलाई कुलपति पदक (Chancellor’s Medal)  प्रत्येक संकायमा सर्वोत्कृष्ट एक  जनालाई उपकुलपति पदक (Vice-Chancellor’s Medal प्रदान गर्ने प्रस्ताव समेत पारितगरेको छ ।

नेपाली साहित्यका मुर्धन्य स्रष्टा बहुमुखी प्रतिभाका धनी,मदन पुरस्कार विजेता,विश्वमा विभिन्न भाषामा प्रकाशित “जीवन काँडा कि फूल” कृतिका सर्जक प्रतिष्ठित आदरणीय श्री झमक कुमारी घिमिरेलाई मध्य पश्चिमान्चल विश्वविद्यालयका तर्फबाट मानार्थ विद्यावारिधिबाट विभूषित गर्नेप्रस्ताव पारित भएको छ।

मध्यपश्चिमान्चल विश्वविद्यालय ऐन,२०६९ दफा ३ को उपदफा ९२० बमोजिम “यो ऐन प्रारम्भ हुँदाका बखत नेपाल सरकारबाट अनुदान प्राप्त गरी त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा संचालित सुर्खेत क्याम्पस (शिक्षा),सुर्खेत,सम्बन्धन प्राप्त वीरेन्द्रनगर बहुमुखी क्याम्पस,सुर्खेत ,पब्लिक साइन्स क्याम्पस सुर्खेतलाई संयुक्त रुपमा  समेत समावेस गरी सुर्खेत क्याम्पस परिसरमा यो विश्वविद्यालयको स्थापना गरिने छ” भन्ने व्यवस्था भए बमोजिम वीरेन्द्रनगर बहुमुखी क्याम्पस,सुर्खेत र पब्लिक साइन्स क्याम्पस सुर्खेत यस विश्वविद्यालयमा समावेस भइसकेको तर त्रिभुवन विश्वविद्यालयको कारणबाट सुर्खेत क्याम्पस (शिक्षा) यस विश्वविद्यालयमा समावेश हुन नसकेको हुँदासो व्यवस्था कार्यान्वयन गर्न सुर्खेत क्याम्पस (शिक्षा) लाई आवश्यक प्रक्रिया पुरा गरी यस विश्वविद्यालयमा समावेश गराउन छलफल गर्ने सम्बन्धि निर्णय पारित भएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय,सुर्खेतको केन्द्रीयकार्यालय,यस अन्तर्गतका निकाय तथा   कार्यक्रमहरूका लागि हाल शिक्षक तर्फ १२१ जना र कर्मचारी तर्फ ६४ जना गरी जम्मा १८५ जना शिक्षक–कर्मचारी कार्यरत रहेकोमा उक्त जनशक्ति विश्वविद्यालयको केन्द्रीय कार्यालय तथा यस अन्तर्गतका निकायहरु र हाल संचालित तथा तत्कालै संचालन गरिने कार्यक्रमका लागि अत्यन्त न्युन भएको हुँदा पहिलो चरणका लागि शिक्षक तर्फ २०९ जना र कर्मचारी तर्फ ९८ जना गरी जम्मा ३०७ जना शिक्षक कर्मचारी  तत्काल आवश्यक भएकोमा आगामी कार्यक्रमका लागि  संगठन तथा व्यवस्थापन सर्वेक्षण परिमार्जित प्रतिवेदन,२०७२ बमोजिमका आवश्यक पर्ने शिक्षक तथा कर्मचारीको दरवन्दी सिर्जना तथा स्वीकृति सम्बन्धी प्रस्ताव पारित गरिएको विश्वविद्यालयका सुचना अधिकारी विष्ुण कुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति २०७३ जेठ २७ गते ।

 

प्रतिक्रिया