काठमाडौँ, २७ जेठ । नवलपरासीको कावासोती नगरपालिका ४ हसौरामा रहेको सरस्वती उच्च माविको कक्षा १० को त्रैमासिक परीक्षामा फेल भएका विद्यार्थीलाई शिक्षकले निर्घात कुटपिट गरेका छन् ।
कुटपिटबाट बालबालिका घाइते भएका छन् । कतिपय बालबालिकाको कान सुन्निएको, हात सुन्निएको स्थानीयले जनाएका छन् ।
कक्षा १० का छात्रछात्रा अनुत्तीर्ण भएपछि विद्यार्थीलाई सुधार्ने बहानामा कुटपिट गरिएको हो । कुटपिटबाट सबैभन्दा बढी धौवादी ७ की १७ बर्षीया विद्यार्थी नैनसरा बयम्बु मगर बढी घाइते भएकी हुन् ।
उनको कान्छी औला नै चलेको छैन् । विद्यालयका शिक्षक सरेन्द्र भुर्तेल र आनन्द अधिकारीले विद्यार्थीमाथी कुटपिट गरेका अभिभावक भीमबहादुर बयम्बुले बताए ।
घाइते विद्यार्थीलाई उपचारका लागी नवलपुरपछि भतरपुर अस्पताल लगिएको छ।
(राजधानी दैनिकमा प्रकाशित)
प्रतिक्रिया