काठमाडौँ, २७ जेठ । लाखौँ विद्यार्थीलाई कौतुहलता हुन सक्छ । अब अहिलेको जस्तो एसएलसी परीक्षा हुन्छ की हुदैन् भन्ने ? भएदेखि कस्तो परीक्षा हुने ? अहिले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीले आफ्ना बुबाआमालाई सोध्ने गरेका छन् । यो बर्ष हामीले एसएलसी परीक्षा दिने की नदिने ? विद्यालयका शिक्षकलाई समेत यो बारेमा खासै जानकारी छैन् । यो बर्षको एसएलसी पहिलाको जस्तो हुदैन । अबको करिब १२ दिनपछि प्रकाशित हुने माध्यामिक तह उत्तीर्ण एसएलसी परीक्षा अन्तिम हुनेछ ।्
८३ बर्ष लामो इतिहास बोकेको एसएलसी परीक्षा यो बर्षदेखि समाप्त हुदैछ । वि.स. १९९० सालबाट नेपालमा एसएलसी परीक्षा सञ्चालन भएको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले यो बर्षदेखि लाखौँ विद्यार्थी सहभागी भएरु यसरी परीक्षा नदिने बताउँछन् ।
लम्सालले अबको परीक्षा प्रदेशअन्तर्गत हुने भन्दै सात प्रदेश कार्यालयले परीक्षा सञ्चालन गर्ने स्पष्ट पारे ।
(नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले समाचार लेखेका छन्।)
प्रतिक्रिया