काठमाडौँ, २७ जेठ । पाचँथरको सिम्बा ९ गाविसमा रहेको एक विद्यालयका प्रधानाध्यापकले अशक्त शिक्षकको सञ्चय कोषमा जम्मा हुने रकम हिनामिना गरेको खुलासा भएको छ। लिम्बा पञ्चेश्वरी प्राथमिकत विद्यालयका प्रधानाध्यापक सुर्यमान ग्यावाले त्यही विद्यालयमा कार्यरत अशक्त शिक्षक विद्यानन्द यादवको सञ्चय कोषको ४ लाख रुपैयाँ हिनामिना गरेका हुन् ।
प्रधानाध्यापक ग्यावाले २०६७ सालदेखि नै हालसम्म आफ्नो सञ्चय कोषमा जम्मा हुने ४ लाख रुपैया हिनामिना गरेको भन्दै पीडितले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएपनि यस्तो खुलासा भएको हो ।
सञ्चय कोषमा जम्मा भएको रकम निकासा माग्न विराटनगरस्थित सञ्चयकोषको कार्यालयमा जादाँ त्यहाँ केही रेकर्ड नभेटिएपछि खोजी गर्ने क्रममा प्रधानाध्यापकले नै पैसा जम्मा नगरेको खुलेको पीडितको दाबी छ।
(नेपाल समाचारपत्र दैनिकमा प्रकाशित)
प्रतिक्रिया