Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

एउटै कक्षामा ९५ विद्यार्थी 

बुधबार, २६ जेठ २०७३

काठमाडौँ, २६ जेठ । बागलुङको अमर उच्च माविको कक्षा १० मा ९५ विद्यार्थी पढ्दै आएका छन् । धेरै विद्यार्थी एकै ठाउँमा हुँदा असिनपसिन भएर बस्नु परेको छ । 

अत्यधिक भीडका कारण राम्रो पढ्न नपाएको विद्यार्थीले गुनासो गरेका छन् । आगामी बर्षमा एसएलसी दिने विद्यार्थीलाई छुट्टै कक्षाकोठा र शिक्षक दरबन्दी अभावमा यसरी पढाउनुपरेको विद्यालयले जनाएको छ । 

कक्षा अभावमा बिहुँ ६ पोखरास्थित उक्त विदालयको कक्षा १० मा ५९ छात्रा र ३६ छात्र छन् । ९ कक्षाका १ सय १२ जनालाई दुईओटा  सेक्सन बनाएर पढाउने गरिएको छ । अरु सबै कक्षामा विद्यार्थीलाई एउटै कक्षामा पढाउनुपरेको उनले बताए । 

कक्षा ८ र १२ कक्षामा क्रमशः ६३ र ५३ विद्यार्थी छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया