Edukhabar
आइतबार, २५ फागुन २०८१
अन्तैवाट

शिक्षिकालार्इ बेच्न खोज्ने प्रअ सहित २ पक्राउ

मंगलबार, २५ जेठ २०७३

काठमाडौँ, २५ जेठ । मध्य धादिङको नीलकण्ठ नगरपालिका वडा नं १० झगरेस्थित पञ्चकन्या प्राविका प्रअ रामप्रसाद रिजालसहित २ जनालाई शिक्षिका बिक्री गर्न लागेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको छ।

आफैँले विद्यालयमा खेतालाका रुपमा राखेका २ शिक्षिकालाई विद्यालयका प्रअ रामप्रसाद रिजाल र शिक्षक ध्रुव रिजालले सदरमुकाममा तलब लिन बोलाएर बिक्री गर्न लान लागेको आरोपमा शिक्षिकाहरूले उजुरी गरेपछि ती २ शिक्षकलाई पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रामप्रसादले जिल्ला सदरमुकाममा खेताला राखिएका शिक्षकलाई तलब लिनका लागि बोलाएर चिया खान लगाई सो चियामा लठ्याउने विष हालेर खुवाउन जोड गरेको र ध्रुवलाई आफ्नो पसलमा बोलाएर चाँजोपाँजो मिलाएको आरोप लगाई पीडितले दिएको जाहेरीमा उल्लेख छ।

घटनाका सम्बन्धमा आरोपित शिक्षकले आफूहरुको बेचबिखनको कुनै नियत नरहेको बताएका छन्।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया