Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

पाचँ बुदे सहमतिपछि विश्वविद्यालयको ताला खुल्यो

सोमबार, २४ जेठ २०७३

काठमाडौँ, २४ जेठ ।  सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टको कार्यकक्षमा लागेको ताल्चा २० दिनमा खोलिएको छ । सुप विश्वविद्यालयमा लागेको तालाबन्दी विषयमा नेपाली काँग्रेस र एमालेवीच भएको पाँच बँुदे सहमतिको कार्यान्वयन भन्दै दुई पार्टी निकट विद्यार्थी संगठनले आईतबार ताला खोलेका हुन् ।

नेपाल विद्यार्थी संघले रजिष्ट्रार भट्ट र अनेरास्ववियुले उपकुलपति  श्रेष्ठको कार्यकक्षमा लगाएको ताल्चा खोलेका छन् । नेविसंघ तथा अनेरास्ववियुका नेताहरुले माउ पार्टीहरु विच भएको सहमती कार्यान्वयनका लागि ताल्चा खोलिएको बताए ।

ताल्चा खोलिएसंगै सुप विश्वविद्यालयको दैनिक लगायत महत्वपूर्ण काम संचालन भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति श्रेष्ठले तालाबन्दी खुलेपछि नियमित रुपमा काम शुरु हुने बताउनु भयो , ‘तालाबन्दी हुँदा पनि हामी काममै थियौँ , खुलेपछि कामकाज गर्न सहज भएको छ ।’

सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार भट्टले पदीय मर्यादा विपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को समाजिक संजाल फेसबुकमार्फत् अपमान गरेको भन्दै नेवि संघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ, वैद्य क्रान्तिकारी, नयाँ शक्तिले  रजिष्ट्रार भट्टको राजिनामाको माग राख्दै उनको कार्यकक्षमा जेठ ५ गते ताल्चा लगाएको भोलीपल्ट  उपकुलपति श्रेष्ठले पदीय मर्यादा विपरित समाजिक संजाल फेसबुकमार्फत् नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा सभापतिमा देउवालाई जिताउन भोट मागेर राजनीति गरेको भन्दै अनेरास्ववियुले उहाँको कार्यकक्षमा ताल्चा लगाएका थिए थिए ।

विश्वविद्यालयमा लागेको ताल्चाको विषयमा छलफलका क्रममा जेठ १४ गते नेवि संघका नेता पुरोहित बडूमाथी अनेरास्ववियुका कार्यकर्ताले आक्र्मण गरेको भन्दै अनेरास्ववियु र नेवि संघविच द्वन्द्व शुरु भएको थियो ।

जेठ २० गते नेवि संघका कार्यकर्ताहरुले अनेरास्ववियु सुप विश्वविद्यालयका इकाई अध्यक्ष नविन रतौकीलाई डेरामै गएर आक्र्रमण गरेका थिए । दुवै संगठनले किटानी जाहेरी गरि प्रहरीमा कार्बाहीका लागि उजुरी दिएका थिए । सुपको घटना राजनीतिक प्रकृतिको भएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उजुरी दत्र्ता गरेन् ।

स्थानीय प्रशासनको पहलमा पटक पटक यहाँका दलहरुविच छलफल गरेर अन्तिम पटक शुक्रबार घटना सम्बद्ध एमाले र काँग्रेसका नेताहरु विच अव उपरान्त एकले अर्कोलाई आक्र्मण नगर्ने लगायतको पाँच बुदे सहमति अनुसार विद्यार्थी संगठनहरुले उपकुलपति र रजिष्ट्रारको राजीनामा बाहेकका माग थाँती राखेर ताल्चा खोलेकां हुन् ।

विश्वविद्यालयमा ताल्चा लगाइएपछि उत्पन्न परिस्थिती साम्य पार्न ताला खोले पनि आफ्ना शैक्षिक हितका माग बारे पछाडी नहट्ने विद्यार्थीहरुले बताएका छन् । यसैविच नेपाल पत्रकार महासंघ कञ्चनपुरले विश्वविद्यालय शान्ति क्षेत्र भएकाले विश्वविद्यालयमा पठन पाठनको वाताबरण बनाउन सम्बद्ध पक्षहरुसित आग्रह गरेको छ ।

(गोरखापत्र दैनिकमा प्रकाशित)

प्रतिक्रिया