Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

दरबन्दी नभएको पदमा खुल्ला विज्ञापन

सोमबार, २४ जेठ २०७३

काठमाडौँ, २४ जेठ । विश्वविद्यालय मातहत निकायका पदाधिकारीबीच पटक्कै समन्वय छैन् । उनीहरु आफ्नो आवश्यकताबारे अध्ययन पनि गर्दैनन् र सरोकारवालासंग समन्वय पनि गर्दैनन् भन्ने पछिल्लो उदाहरण बनेको छ, दरबन्दी नै नभएको पदमा पटकपटक दरबन्दीको विज्ञापन ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले बैशाख २७ गते पछिल्लो पटक दरबन्दी नै नभएका पदमा सहप्रध्यापक र प्रध्यापक गरी १ सय ७ दरबन्दीमा खुला विज्ञापन गर्यो । विज्ञापन देखेपछि कर्मचारी प्रशासन शाखाले आयोगलाई दरबन्दी नभएको जानकारी दियो ।

त्यसपछि आयोगले जेठ १८ गते दरबन्दी रद्ध गरेको थियो । त्यसो त यस्तो घटना भएको यो नै पहिलोपटक होइन् । यसअघि २०६९ सालमा पनि यिनै पदमा विज्ञापन निकालेर रद्ध गरिएको थियो । यस्ता घटना त्रिविमा पटकपटक भइरहेका छन् ।

अध्ययन नगरी विज्ञापन निकाल्ने प्रवृत्तिले गर्दा आकांक्षीले सास्ती खेपिरहेका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय  विभागका सहप्रध्यापक डा.लक्ष्मणप्रसाद गौतमले त्रिभुवन विश्वविद्यालयले दरखास्त आह्वान गरेको प्रध्यापक पदको खुलातर्फको लागी सबै कागजात तयार गरिसकेका थिए ।

आवदेन भरेर सबै कागजात तयारी गरी त्रिवि सेवा आयोगमा बुझाउन पुग्दा त्रिविको अत्यन्त जरुरी सुचना पढेर  उनी चकित परे । उक्त पदका लागी खोलिएको विज्ञापन रद्ध गरेको सुचना टासेको रहेछ ।

(नागरिक दैनिकमा रुबी रौनियारले समाचार लेखेकी छन् ।)

प्रतिक्रिया