Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

बालिकालाई विद्यालयमा टिकाईराख्ने अभियान शुरु

आइतबार, २३ जेठ २०७३

काठमाडौं - बालिकाहरुलाई विद्यालयमा टिकाईराख्ने उद्धेश्यले चार जिल्लामा विशेष अभियान सञ्चालन हुने भएको छ । अभियानको पहिलो चरण सप्तरी, कपिलवस्तु, अछाम र बाजुरामा केन्द्रित हुनेछ । जसमा १३ देखि १८ वर्षका बालिकाहरुलाई विद्यालयमा नियमित बनाइरहन तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उपायको खोजि हुने छ । सेभ द चिल्ड्रेनले हुरु गरेको विश्वव्यापी ‘एभ्री लास्ट चाइल्ड’ अभियान अन्र्तगत शनिबारबाट नेपालमा अभियान शुरु गरिएको छ । अभियान सन् २०१८ सम्म चल्ने छ । मुलुकमा सबैभन्दा पिछडिएका बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणको अधिकारको उपभोग गर्न सहयोग गर्न अभियान शुरु गरेको सेभ द चिल्ड्रेनले जनाएको छ ।

घर र समाजभित्र बालिकाको संरक्षण दिलाउनमा केन्द्रित रहने अभियानको पहिलो चरणमा उक्त ४ जिल्लाका किशोरीहरुलाई सशक्तिकरण गर्ने तथा बजेटमा बालबालिकाको लागि शिक्षा, यौन ताथ प्रजनन् स्वास्थ्य र संरक्षणमा छुटाइने खर्चमा ५ प्रतिशत वृद्धिको लागि पैरवी गर्ने जनाईएको छ । 

“नेपालमा हामीले काम गर्ने शिक्षा, स्वास्थ्य र संरक्षणको क्षेत्रमा पछाडी परेका बालबालिकाहरु मध्ये धेरैजसो बालिकाहरुनै पछाडी परेको देख्छौं, सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाईला बोर्जाले भनिन्,  राष्ट्रिय नीति देखि हामीले गाउँ गाउँमा गर्ने काम किशोरीहरुलाई विद्यालयमा नियमित बनाउन तथा स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न र सुरक्षित राख्न बनाइएको होस् भन्ने चाहन्छौं ।”

शनिबार भएको अभियानको शुरुवात अघि सेभ द चिल्ड्रेनले चारै जिल्लामा अवस्था विश्लेषण गरेको जनाईएको छ । जसमा बाल विवाह, सानो उमेरमै गर्भधारण, बसाइँसराइ तथा सामाजिक र सांस्कृतिक प्रचलनलाई किशोरीहरुले शिक्षाबाट वञ्चित हुनुपर्ने कारणहरुको रुपमा फेला परेको छ ।

यो विश्वव्यापी अभियान मार्फत बाल अधिकार पाउनबाट छुटेका सबै बालबालिकासम्म पुग्न चाहने सेभ द चिल्डे«नले जनाएको छ । संस्थाको २०३० विश्वव्यापी लक्ष्यले ३ लाख बालबालिकाको मृत्यु रोक्ने र ५ करोड बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने प्रतिवद्धता गरेको छ । उक्त लक्ष्यलाई ध्यान दिदैं अबको तीन वर्षसम्म अभियानले संसारका १ करोड ५० लाख छुटेका बालबालिकासम्म जीवन उपयोगी स्वास्थ्य सेवा र गुणस्तरिय शिक्षाको पहुँच पु¥याउने जनाएको छ ।  

प्रकाशित मिति २०७३ जेठ २३ गते

प्रतिक्रिया