Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नयाँ पुस्तक नपाएपछि पुरानोको खोजी

आइतबार, २३ जेठ २०७३

काठमाडौँ, २३ जेठ । नयाँ शैक्षिक सत्र प्रारम्भ भएको दुई महिना पुग्न लागिसक्दा पनि धनुषाका सामुदायिक विद्यालयका विद्यार्थीले पूस्तक पाएका छैनन् ।  जिल्लाभर नै कक्षा ६ र ७ को पाठ्यपूस्तक अभाव भएपछि  अब पुराना पुस्तकको खोजी गरी त्यसको सहारामा विद्यार्थीको पठनपाठन  अगाडी बढाइने अभियान सरोकारवालाहरुले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालय नजिकैको दुरीमा रहेको श्री माध्यामिक विद्यालय कुवाँ रामपुरमा कक्षा ६ र ७ का कुनै पनि विषयका पाठ्यपुस्तक पुगेका छैनन् ।  अब विकल्प के त ? विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र पञ्जियार भन्छन् ‘वरपरका कुनै  विद्यार्थीसँंग पुराना पाठ्यपुस्तक छन की भनेर खोजीमा जुटेका छौँ । एक महिनाभित्र पुराना पूस्तकको खोजी गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने दुई सय विद्यार्थीको हातमा पुस्तक पुर्याउने योजना विद्यालयले बनाएको छ ।’

विद्यालयमा यसै बर्ष मात्रै करिब दुइ सय विद्यार्थी नीजि विद्यालयबाट आएपनि पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ ।

(गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले समाचार लेखेका छन् ।)

प्रतिक्रिया