Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शिक्षक ‘घुस’ दिन बाध्य !

आइतबार, २३ जेठ २०७३

काठमाडौँ, २३ जेठ । शिक्षा कार्यालय बाराले भौतिक पूर्वाधार निर्माणका लागी विद्यालय छनौट र रकम निकासा दिदाँ कमिसन लिने गरेको खुल्न आएको छ ।  विद्यालय छनौट गर्दा, छनोटमा परेका विद्यालयसंग सम्झौता गर्दा रकम निकासा गर्दा र भौतिक पूर्वाधार निर्माणमा खर्चिएको रकमको प्राविधिक मुल्यांकन गराउँदा शिक्षा कार्यालयका कर्मचारीलाई कमिसन दिनुपर्ने बाध्यता रहेको खुलासा शिक्षकले गरेका हुन् ।

शिक्षकहरुका अनुसार कमिसन नदिए पूर्वाधार निर्माणका लागी रकम पाइदैन् । भौतिक पूर्वाधार निर्माणका लागी रकम पाउने विद्यालयका पदाधिकारीले जिल्ला शिक्षा अधिकारी, शिक्षा  समितीका सदस्य र शिक्षा कार्यालयका प्राविधिकलाई कमिसन दिनुपरेको शिक्षकहरु बताउँछन् ।

उनीहरुका अनुसार कमिसन दिनुपर्दा निर्माणका रकम अपुग हुन्छ । जसोतसो निर्माण गरिने विद्यालय संरचना पनि सरकारी मापदण्डअनुसार नहुने शिक्षक बताउँछन् ।  चालु आर्थिक बर्षमा पनि विद्यालय  भौतिक पूर्वाधार निर्माणका लागी छनोटमा परेका धेरै विद्यालयसंग  प्राविधिक र विचौलियाले कमिसन उठाएको शिक्षक युनियन बाराका अध्यक्ष भरत शाह बताउँछन् ।

(नागरिक दैनिकमा उपेन्द्र यादवले समाचार लेखेका छन् ।)

प्रतिक्रिया