Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

शिक्षा विधेयक पारित : अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’

आइतबार, २३ जेठ २०७३

काठमाडौँ, २३ जेठ ।  अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक को विकल्प दिदै व्यवस्थापिका संसदले  शिक्षा ऐन आठौँ संशोधन विधेयक पारित गरेको छ । शनिबार पारित विधेयकले अस्थायी शिक्षकलाई आन्तरिक प्रतिष्पर्धा र गोल्डेन ह्यान्डसेक मध्ये एक रोजाइएको छ ।

आन्तरिक प्रतिष्पर्धामा सहभागी हुने चाहने अस्थायी शिक्षकले प्रतिष्र्धामा सफल वा असफल भए पनि गोल्डेन ह्यान्डसेक को सुविधा पाउने छैनन् ।  मुलुकभर रहेका करिब १७ हजार अस्थायी शिक्षक छन् । नयाँ व्यवस्थाले अब एसएलसी  खारेज भई विद्यालय तहको शिक्षा कपषा १२ सम्मको हुनेछ ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउने गोरखापत्र दैनिकमा नारायण काफलेले समाचार लेखेका छन् ।

शिक्षा विधेयक पारित : अब १२ सम्मै मावि

विद्यालय शिक्षा सुधार गर्न सरकारले पेश गरेको शिक्षा (आठौ संशोधन) विधेयक, २०७३ लाई व्यवस्थापिका संसदले शनिबार सर्वसम्मतले पारित गरेको छ ।  यो ऐन पारितसंगै अब विद्यालय तहको सरंचना प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म हुने भएको छ । कक्षा आठसम्मलाई आभारभुत र कपषा ९ देखि १२ सम्मलाई माध्यामिक शिक्षा बनाइएको छ ।


कपषा १० को अन्तिममा हुदै आएको प्रवेशिका –एसएलसी) नामको परिक्षा अब नहुने भएको छ । माध्यामिक शिक्षाको कपषा १० र १२ सम्मको परीक्षा बोर्डले सञ्चालन गर्ने भएको छ । आधारभुत तहको परिक्षा जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन हुनेछ । त्यस्तै कपषा १० को अन्त्यमा हुने परीक्षा क्षेत्रीयस्तरमा र आधारभुत तहको अन्त्यमा हुने परीक्षा जिल्लास्तरमा सञ्चालन गरिनेछ ।

कक्षा १२ उत्तीर्ण भएपछि प्लस टु गरेसरह हुने नयाँ व्यवस्था  छ। अहिले कक्षा १० को परीक्षा सञ्चालन एसएलसी बोर्ड र ११, १२ को परीक्षा उच्च माध्यामिक शिक्षा परिषदले सञ्चालन गर्दै आएको समाचार कान्तिपुर दैनिकमा बसन्त बस्नेत र मकर श्रेष्ठले लेखेका छन् ।



शिक्षा विधेयक पारित : अस्थायी शिक्षकलाई मौका परीक्षा वा स्वच्छिक अवकासको विकल्प

व्यवस्थापिका संसदबा शिक्षा ऐन –आठौ संशोधन) २०७३ सर्वसम्मतल पारित भएको  छ।  संसदको शनिबार बसेको बैठकमा शिक्षामन्त्री गिरिराजमणी  पोखरेलले  निर्णायार्थ प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
संसदमा गत फागुनमा दर्ता भएको विधेयक छलफलका लागी संसदीय समितीमा पठाइएको थियो ।  १३ जेठमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, समाज कल्याण तथा शिक्षा समितीले विधेयकलाई संशोधन गर्दै संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो ।

प्रतिवेदन पेश भएको एक सातापछि  संसदबाट विधेयक पारित भएको हो ।
शिक्षा विधेयक पारित भएकोले अब १७ हजार अस्थायी शिक्षकबारे एउटा निर्णय हुनेछ ।

उनीहरुलाई  दुई विकल्प रोजाइनेछ । अस्थायी शिक्षकलाई ‘गोल्डेन ह्यान्डसेक’लिएर अवकाश लिने वा एकपटक मौका परीक्षा दिने भन्ने विकल्प दिइने छ । मौका परीक्षामा भाग लिएका शिक्षकले भने गोल्डेन ह्यान्डसेक नपाउने राजधानी दैनिकमा ईश्वर सुवेदीले समाचार लेखेका छन् ।

(शिक्षा विधेयक पारितबारेको समाचार अन्य दैनिक पत्रपत्रिकाले पनि लेखेका छन् ।)


प्रतिक्रिया