काठमाडौँ, २२ जेठ । विद्यार्थी आकर्षित गर्न कमला मावि सिन्धुलीले नौलो अभियान शुरु गरेको छ । ग्वाङखोलाको बगरमा गिटी कुट्ने र अन्य पेशा गर्ने मजदुरका छोराछोरीलाई आकर्षित गर्न बगर अभियान चलाएको हो ।
विद्यालय व्यवस्थापन समितीका सदस्य श्यामहरी अधिकारीले दर्जनौ परिवारले खोला किनारमा गिटी कुट्ने पेशा अपनाएको बताए ।
उनीहरुका बालबालिका विद्यालयबाहिर नबसुन भनेर अभियान चलाएको उनले बताए । विद्यालयबाट पाइने सुविधा, नयाँ भर्नाका लागी चाहिने कागजात शिक्षाको महत्व लगायतका विषयमा अभिभावकलाई प्रष्टयाएको प्राचार्य कमलेश चौधरी बताउँछन् ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया