काठमाडौँ, २२ जेठ । एक दशक लामो बहसपछि खुल्ला विश्वविद्यालय स्थापनासम्बन्धि विधेयक तयार भएको छ । संसदको महिला, बालबालिका, समाजकल्याण, जेष्ठ नागरिक तथा शिक्षा समितीले विश्वविद्यालय स्थापना सम्बन्धि विधेयकलाई पास गरेर संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
समितीका सदस्य तथा सोही समितीअन्तर्गत रहेको शिक्षा उपसमितीका संयोजक डा. गणेशमान गुरुङले विधेयकलाई संसदमा प्रस्तुत गर्न सभामुखसंग समय माग गरिएको बताए । नेपाल खुल्ला विश्वविद्यालय नाम दिइएको उक्त विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारमात्र पदाधिकारी रहनेछन् ।
उपकुलपतिले प्राज्ञिक र रजिष्ट्रारले प्रशासनिक काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।
(अन्नपूर्णपोष्ट दैनिकमा सुर्य पाण्डेले समाचार लेखेका छन् ।)
प्रतिक्रिया