काठमाडौँ, २१ जेठ । गत बर्ष एसएलसी परीक्षाको आवेदन फारम भरेकामध्ये झण्डै साढे सात हजार विद्यार्थी अयोग्य रहेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका कुल सात हजार चास सय विद्यार्थी अयोग्य भएको पाइएको हो ।
परीक्षा नियन्त्रक कृष्ण काप्रीले एसएलसीको परीक्षा फारम भरेका, तर हाजिरी नपुगेर उनीहरु अयोग्य देखिएको बताए । २०७२ को एसएलसीमा नियमित र एक्जामटेडतर्फ तरी ६ लाख एक सय २२ परीक्षार्थी सहभागी भएका थिए ।
फारम पहिले नै भरेका थिए । तर त्यसपछि विद्यार्थीले स्वेच्छाले पढाई छाड्ने गरेका र हाजिरी नपुगेको उनले बताए । उनका अनुसार अयोग्य संख्या अझ केही थपिन सक्छ । यस बर्ष साधारणतर्फ चार लाख ४० हजार ६ सय ४९ र एक्जामटेडतर्फ ५९ हजार चार सय ७२ सहभागी थिए ।
नतिजा असार पहिलो साता
गत चैतमा सञ्चालित एसएलसी परीक्षाको नतिजा छिट्टै निकाल्ने तयारी भइरहेको छ । अघिल्ला बर्षहरुमा भन्दा झण्डै दुई साता ढिला गरी शुरु भएको एसएलसी परीक्षाको नतिजा असार पहिलो साता सार्वजनिक हुने बताइएको छ ।
परीक्षा नियन्त्रक काप्रीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरेर नम्बर मार्क स्लिपमा इन्ट्रीको काम भइरहेको छ । इन्ट्रीपछि म्याच–अनम्याच हेर्ने र टेबुलेसनको काम हुनेछ ।
यस बर्षको एसएलसी परीक्षाको नतिजा गे्रडिसिटबाट सार्वजनिक हुनेछ ।
(नयाँपत्रिका दैनिकमा प्रकाशित)
प्रतिक्रिया