काठमाडौँ, २१ जेठ । सुनकोसी किनारको मध्यपहाडी राजमार्गले छोएको भीमेश्वरी ९ सिन्धुलीको कुशेश्वर प्राविमा दिउँसो १२ बजेपछि पढाउन धौ धौ हुन्छ । यसको मुख्य समस्या भौतिक पूर्वाधार नहुनु हो । दिउँसो बतास चल्न थालेपछि सुनकोशीको वालुवा उडाएर पुरै कक्षाकोठामै आइपुग्छ ।
आखाँ देखाउँदै विद्यालय शिक्षिका निर्मला दाहालले भनिन् ‘यी हेर्नुस न आखाँ भरी हाम्रै त वालुवा पसेर विजोग छ । विचरा केटाकेटीको कुरै नगरौँ ।’
अझ अहिले बर्षाको सूरुवात भएपछि नियमित कक्षा लिनै धौ धौ हुन्छ । पानी परेपछि सानो बतास चलेपनि सबै कक्षामै पस्छ । एक बर्षअघि सम्म पुरानो भएपनि विद्यालय भवन थियो । तर गएको भूकम्पले पूर्ण रुपमा भत्काएपछि जिल्ला शिक्षाबाट प्राप्त ७५ हजार रकमले हालको संचरना बनाइएको हो ।
तर भवन अपुरो हुँदा पढाई निरन्तरता गर्नै गाह्रो भएको विद्यालयकी प्रधानाध्यापक सीता दाहालले भनिन् । २०४५ सालमा स्थापना भएको विद्यालयमा जम्मा ३० जना विद्यार्थी दलित समुदायका छन् ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया