Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

महिना दिन देखि विद्यार्थी गायवै

बुधबार, १९ जेठ २०७३

काठमाडौँ, १९ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ७ खोलेसिमल बजारस्थित सिद्धिविनायक आवासीय माविमा अध्ययनरत तीन विद्यार्थी एक महिनादेखि हराइरहेका छन् ।
गत वैशाख १७ गते आआफ्ना घरबाट विद्यालय हिँडेका उनीहरु एक महिना बितिसक्दा समेत फेला पर्न सकेका छैनन् । विद्यालय जान भनी हिँडे पनि उक्त दिन उनीहरु विद्यालय गएका थिएनन् । कालिका नगरपालिका वडा नं ६, खोलेसिमलका १३ वर्षीय अश्विन धमला, सोही वडा नयाँ टोलका १२ वर्षीय थोमस लामिछाने र वडा नं ८ लङ्का लाइनका १४ वर्षीय राज गुरुङ एकै कक्षाका विद्यार्थी हुन् । उनीहरु सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए ।

बिहान खाना खाई साइकल लिएर विद्यालय हिँडेका गुरुङको साइकल विद्यालयको ढोका बाहिर छाडेको अवस्थामा पाइएको राजका बुबा लेखबहादुरले बताए । दुई छोरामध्ये जेठा छोरा राज बेपत्ता भएपछि सोही कक्षामा पढ्ने भाइ रजत पनि मानसिक पिरलोमा परेका छन् । मध्यम परिवारका ती विद्यार्थी बेपत्ता भएको एक महिना बित्दा समेत प्रहरी प्रशासनले चासो दिएर खोजतलास नगरेका भनी आफन्तले गुनासो गरेका छन् ।

विद्यालयका आफ्ना विद्यार्थी बेपत्ता भएपछि शिक्षक परिवार पनि चिन्तामा परेको विद्यालयका सहायक प्राचार्य नवराज बन्जाराले बताए । प्रहरीले खोजी जारी राखे पनि फेला पर्न सकेको छैन ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया