काठमाडौँ, १९ जेठ । जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यार्थी र शिक्षकलाई यार्सा संकलनको लागि रोक लगाएको छ । यार्सा संकलनको बहाना गरी विद्यालयको पठनपाठन बन्द गरेर हिमाली भेगतिर यार्सागुम्बा संकलन गर्न प्रचनल बढेपछि शिक्षक र विद्यार्थीलाई संकलनमा पूर्णरुपमा रोक लगाइएको छ ।
आम्दानीको राम्रो स्रोत बन्न थालेपछि गत वर्ष दार्चुलाका ६० भन्दा बढी सरकारी विद्यालय बन्द भएका थिए । तर, यसपटक शिक्षा कार्यालयले सरोकारावालसित आवश्यक समन्वय गरी यार्सा संलनका नाममा विद्यालय बन्द गर्न नपाउने निर्णय गरेको हो ।
दार्चुलाका जिल्ला शिक्षा अधिकारी डा। बाबुराम ढुंगानाले यार्सा संकलन गर्न जाँदा विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले संकलनमा जान प्रतिबन्ध गरेको बताए । ‘मनग्य कमाइ हुन्छ भन्दैमा विद्यार्थीलाई पढाइबाट वञ्चित गराएर यार्सा सङ्कलनमा लैजान पाइदैँन,’ उनले भने, ‘हामीले हरेक स्रोत केन्द्र र जिल्लाबाट विद्यालय बन्द भए–नभएको र विद्यार्थी यार्सा सङ्कलन गर्न गएकोबारे अनुगमन गरिहेका छाँैं ।’
(नयााँपत्रिका दैनिकमा प्रकाशित)
प्रतिक्रिया