Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

प्रतिभावान् विद्यार्थीलाई २ लाख पुरस्कार !

मंगलबार, १८ जेठ २०७३

काठमाडौं - विद्यार्थीको ब्यक्तिगत प्रतिभालाई कदर गर्दै शिक्षा मन्त्रालय अन्र्तगत पाठ्यव्रmम विकास केन्द्रले देशका विभिन्न जिल्लाका ५ विद्यार्थीलाई जनही ४० हजारका दरले पुरस्कृत गरेको छ । प्रतिभावान् विद्यार्थीलाई हौसला प्रदान गर्ने र उनीहरुमा भएको क्षमता थप निखार्ने उद्धेश्यले शुरु गरिएको प्रतिभा पहिचान र छनोट कार्यक्रममा आफ्नो प्रतिभा देखाएका विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

विज्ञान, भाषा साहित्य, गणित, विशेष सृजनात्मक कला र विविध गरी पाँच विधामा आफ्नो प्रतिभा देखाउन देशभरबाट छानिएका २३ प्रतियोगी बिच मंगलबार अन्तिम प्रतिष्पर्धा गराईएको थियो । हरेक श्रोत केन्द्रले विद्यालय स्तरमा गरेको प्रतियोगिताबाट जिल्ला, क्षेत्र हुँदै यी विद्यार्थी अन्तिम प्रतिष्पर्धामा छानिएका हुन् । 

प्रतिष्पर्धामा विज्ञान तर्फ ज्ञानेन्द्र शैनिक आवासीय मावि सुर्खेतका अर्जुन देवला उत्कृष्ट भए । उनले उर्जा सहित सुरक्षित घरको नूमना प्रस्तुत गरेका थिए । यस्तै भाषा सहित्य तर्फ जनप्रीय उच्च मावि बाग्लुङ्की रितु क्षेत्री उत्कृष्ट भईन् । उनले घरेलु झगडाका कारण हुने महिला हिंसा र त्यसबाट बालबालिकामा पर्ने असरबारे अभिनय प्रस्तुत गरेकी थिईन् । यस्तै विविध तर्फ गोरखा यूनाईटेड पब्लिक उच्च मावि बाँकेकी आयुषि सिंह उत्कृष्ट भईन् । उनले टेलिभिजन समाचार वाचन गर्ने कला प्रस्तुत गरेकी थिईन् । यसैगरी, गणित तर्फ जयबागेश्री उच्च मावि बाँकेकै समृद्धि श्रीवास्ताव र विशेष सृजनात्मक कला तर्फ नृत्य प्रस्तुत गरेकी सत्यवादी उच्च मावि बझाङ्की अस्मिता बुढा उत्कृष्ट भईन् ।

उत्कृष्ट विद्यार्थीलाई केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेल र प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् सिटिईभिटिका उपाध्यक्ष कुलबहादुर बस्नेतले जनही ४० हजार र प्रमाण पत्र तथा सहभागि हरेक विद्यार्थीलाई जनही ३ हजार र प्रमाणपत्र प्रदान गरे ।

हरेक विद्यार्थीमा कुनै न कुनै प्रतिभा हुने तर प्रष्फुटन हुने अवसर नपाएर उनीहरुको प्रतिभा त्यसै हराउने क्रमलाई तोड्न केन्द्रले विगत ५ बर्ष देखि यो कार्यक्रम गर्दै आएको छ । गाउँ घरमा प्रतिभा भएर पनि लुकेका विद्यार्थीको पहिचान गरी उनीहरुको क्षमता विस्तारमा हौसला होस् भनेर आफू शिक्षा मन्त्री भएका बेला कार्यक्रम शुरु गरेको पूर्व शिक्षा मन्त्री एवं सांसद डा. गंगालाल तुलाधरले बताए । कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका निमित्त सचिव डील्लीराम रिमालले यसरी छनौट भएका विद्यार्थीको प्रतिभालाई संरक्षण र थप विस्तार गर्न मन्त्रालय तथा मातहतका निकालये काम गर्ने बताए । 

उद्घाटन मन्तब्य सकेर विद्यार्थीले प्रतिभा प्रर्दशन गर्दै गर्दा आएका प्रमुख अतिथी शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कार्यक्रम चलिरहँदा विचमै उद्घाटन गरेका थिए । केही बेर बाँकी कार्यक्रम हरेका मन्त्री पोखरेल विसञ्चो भएको भन्दै प्रमाण पत्रमा सही गरेर फर्किए ।

शिक्षाको राष्ट्रिय उद्धेश्यले ब्यक्तिको अन्र्तनिहीत प्रतिभालाई प्रस्फुटन गराउने उद्धेश्य बोकेको हुँदा यो प्रतिष्पर्धा विद्यार्थीको समग्र विकासका लागि कोशे ढुङ्गा हुने कार्यकारी निर्देशक पौडेलले बताए । 'हरेक विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउनु नै पाठ्यक्रमको उद्धेश्य हो, त्यसैलाई केन्द्रमा राखेर हामीले शिक्षाको राष्ट्रिय उद्धेश्यलाई पुरा गर्न कार्यक्रम गरेका हौं' उनले भने, 'राष्ट्र, राष्ट्रियता र संस्कृतिको संरक्षणका कुरालाई यस्ता कार्यक्रम मार्फत् विद्यार्थीको स्तरमा पुर्याउनु अर्को उद्धेश्य हो ।'

कार्यक्रममा हरेक विधाका प्रतियोगिको क्षमता जाँच्न निर्णयकर्ताहरुको छुट्टा छुट्टै समूह बनाईएको थियो । विज्ञान तर्फ प्रा.डा. हृदयरत्न बज्राचार्य, प्रा.डा. रामप्रसाद चौधरी र सुरेश ढुङ्गानाको निर्णायक मण्डल थियो । यस्तै भाषा साहित्य तर्फ प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. तुलसी भट्टराई र दिवाकर ढुङ्गेलको निर्णायक मण्डल थियो ।

गणितका लागि प्रा.डा. मीनबहादुर श्रेष्ठ, प्रा.डा.चेतराज भट्ट र प्रा.डा.लेखनाथ शर्मा तथा विशेष सृजनात्मक कला तर्फ दीपक जंगम, प्रदिप बोम्जन र मदन चित्रकार थिए । विविधका लागि बज्राचार्य, ढुङ्गेल र चित्रकारलाई नै जिम्मा दिईएको थियो ।

प्रकाशित मिति २०७३ जेठ १८ गते

प्रतिक्रिया