काठमाडौँ, जेठ १८ । यसै शैक्षिकसत्रदेखि नेपालमा अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सञ्चालनमा आउने भएको छ । करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली सङ्घ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी’ खोल्न लागेको हो ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा कलेजका सञ्चालकसमेत रहेका केसीले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा दिने तथा स्वदेशमै उत्कृष्ट सेफ उत्पादन गर्ने उद्देश्यले उक्त कलेज स्थापना गर्न लागेकोे बताए ।
(गोरखापत्र दैनिकमा प्रकाशित)
प्रतिक्रिया