काठमाडौँ, १८ जेठ । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्प्रिङ २०१५ स्नातक तहको इन्जिनियरिङ तर्फका सबै कार्यक्रमहरुको परीक्षाफल सोमबार प्रकाशित गरेको छ ।
यसैगरी बिएस्सी तर्फ मेडिकल बायोकेमेष्ट्री, इन्भाइरोनमेन्टल म्यानेजमेन्ट, मेडिकल माइक्रोबायोलोजी र बायोकेमेष्ट्री तथा ब्याचलर अफ डेभलपमेन्ट स्टडिजका सबै सेमेस्टरको परीक्षाफल पनि प्रकाशित गरिएको सूचना अधिकृत लोकप्रसाद ढकालले बताए ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया