काठमाडौँ, १८ जेठ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले तराईका आठ जिल्लाबाट एसएलसी दिएका विद्यार्थीको नतिजा सुधार गर्न ‘एसएलसी सहयोगी पुस्तक’ पठाएको भन्दै प्रगति विवरण मागेका छन् ।
तर पोखरेलले भनेजस्तो तराईका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिरहा र सप्तरीबाट नियमिततर्फ ६५ हजार विद्यार्थीमध्ये रौतहटका केही विद्यार्थीबाहेक अरुले सहयोगी पुस्तक पाएका छैनन् ।
उनीहरुले जे जाने, परीक्षामा त्यही लेखे । अब नतिजाको प्रतिक्षामा छन् । नियमित र आंिशक तराईका आठ जिल्लाबाट ९६ हजार विद्यार्थीले एसएलसी परीक्षा दिएका थिए ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया