काठमाडौँ, १७ जेठ । पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले गोपालप्रसाद पाण्डेलाई अध्यक्षमा पूनः चयन गरेको छ । यही जेठ १४ र १५ गते काठमाडौँमा भएको अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय कार्यसमिति गठन गरेको प्रजातन्त्रवादी प्राध्यापक सङ्घका कोषाध्यक्ष डा विष्णुप्रसाद पोख्रेलले जानकारी दिए ।
नयाँ कार्यसमितिका उपाध्यक्षमा दुर्गादत्त शर्मा, महासचिवमा नरेन्द्र कोइराला, सचिवमा वसन्तराज लामिछाने र कोषाध्यक्षमा भवानी अधिकारी रहेका छन् । त्यस्तै सदस्यमा बालानाथ सिग्देल, युवराज राउत, धर्मदेव भट्ट, कृष्ण हमाल, सन्तोष यादव, सन्तोष पण्डित, देवराज भण्डारी लगायत चयन भएका छन् ।
देशभरका सामुदायिक क्याम्पसमा अध्यापनरत प्राध्यापकबाट छनोट भएका ५७४ प्राध्यापक प्रतिनिधिका रुपमा अधिवेशनमा सहभागी भएका थिए । सङ्घमा देशभरिका झन्डै छ हजार प्राध्यापक आबद्ध छन् ।
रासस
प्रतिक्रिया