काठमाडौ - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यकर्ताले विद्यार्थी बोकेको बसमै तोडफोड गरेका छन् । भक्तपुर स्थित सैनिक स्कुल बसमा उनीहरुले तोडफोड गरेका हुन् । विद्यार्थी ओसार्न महाराजगञ्ज जाने क्रममा बा १ ग २२४७ नम्बरको बसमा महासंघका कार्यकर्ताले चावहिलमा तोडफोड गरेका हुन् । तोडफोडले बसको सिसा फुटेको छ ।
तोडफोड पछि बस फिर्ता भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण संकलन भईनसकेको प्रहरी नायव उपरिक्षक नवराज कार्कीले बताए ।
सार्वजनिक यातायात मात्रै बन्द भनेकाले आफूहरुलाई बस चलाउन निर्देशन भए बमोजिम स्कुल बस सडकमा पठाईएको विद्यालयले जनाएको छ । घटनाका बारेमा भने विस्तृत जानकारी प्राप्त भईनसकेको विद्यालय अन्र्तगत बस ब्यवस्थापन शाखाले जनाएको छ ।
नियम नमान्ने सवारी साधनलाई गर्ने जरिवाना रकम बढाएको विरोधमा यातायात ब्यवसायीले सार्वजनिक यातायात ठप्प पारेका हुन् । जसले गर्दा विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । बन्दको विरोध गर्दै आएका ब्यवसायी आफैं बन्दमा उत्रिएको भन्दै उनीहरुको चौतर्फि आलोचना समेत भएको छ ।
यो पनि पढ्नुहोस् : बन्दले विद्यार्थी अलमलमा, कक्षा ११ को परीक्षा प्रभावित
तस्विर ईन्टरनेट
प्रकाशित मिति २०७३ जेठ १३
प्रतिक्रिया