Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

भारतीय लगानीको मेडिकल कलेजका ७० जना प्रोफेसरलाई कारवाही तयारी

बुधबार, ०६ असोज २०७२

काठमाडौं ६ असोज / भारतीय नागरिक नगेन्द्र पम्पाटीको लगानीमा सञ्चालित भरतपुरको कलेज अफ मेडिकल साइन्सेसमा पढाउने ७० जना प्रोफेसर, एसोसियट र एसिस्टेन्ट प्रोफेसर तथा लेक्चरलाई नेपाल मेडिकल काउन्सिलले कारवाही गर्ने भएको छ। काउन्सिलले देशभरका १५ मेडिकल कलेज तथा डेन्टल कलेजका २१२ जनालाई कारवाही गर्दैछ। भरतपुरकै चितवन मेडिकल कलेजका आठजना पनि यो सूचिमा छन्।

मेडिकल कलेजका अध्यापक नक्कली हुने गुनासोका आधारमा छानबिन गरेर काउन्सिल कारवाहीको गर्ने निश्कर्षमा पुगेको मंगलबार जारी सुचनामा उल्लेख छ । कारवाही नगर्नु पर्ने कुनै कारण भए सात दिनभित्र सम्बन्धित विश्वविद्यालयमार्र्फत लिखित स्पष्टीकरण दिन काउन्सिलको निर्देशन छ। काउन्सिलले नाम सार्वजनिक गरेकाहरु दुई ठाउँमा पुर्णकालिन रहेर काम गरेको भेटिएको थियो।

'नाम उल्लेखित तपाइँ विदेशी नागरिक चिकित्सकहरु तथा स्वदेशी चिकित्सकहरु समेतले एकै समयमा दुईवटा स्थानमा पूर्णकालीन रुपमा काम गरी रहेको पाइएको हुँदा यस्तो कार्य काउन्सिल ऐन नियम विपरित भएकाले तपाइँलाई किन कारवाही नहुने?' काउन्सिलको सुचनामा उल्लेख छ। पुरानो मेडिकल कलेजका नामले परिचित कलेज अफ मेडिकल साइन्सेसमा पढाउनेहरु अधिकांस भारतीय नै छन्।

पुरानो मेडिकल कलेजपछि सवैभन्दा धेरै नोबेल मेडिकल कलेजका ४७ जनालाई कारवाही हुने भएको छ । त्यस्तै भैरहवाको युनिभर्सल मेडिकल कलेजका ३६ जना कारवाही हुने लिष्टमा परेका छन् । मेडिकल कलेजहरुमा काउन्सिलको टोली निरीक्षणमा जाँदा मात्रै प्रध्यापकहरु उपस्थिती गराउने गरेको गुनासो पनि आउने गरेको काउन्सिलको सुचनामा उल्लेख छ ।

अस्पतालका शैय्या खचाखच देखाउन भर्ना गर्न नपर्ने विरामीलाई पनि अनावश्यक रुपमा भर्ना गरेको, बुद्धा आश्रमलगायतका स्थानबाट नक्कली बिरामी ल्याएर भर्ना गरेको भन्ने विषयमा बेला बेलामा आउने सुचना र समाचार प्रति गम्भिर ध्यानाकर्षण भएर काउन्सिलले कारवाहीको पाइला चालेको सुचनामा उल्लेख छ। काउन्सिलले यसअघि दिएको निर्देशन र अनुरोधको पनि वास्ता नभएको बताइएको छ।

'पटक पटक निर्देशन तथा विविध ढंगबाट पटक पटक अनुरोध गर्दासमेत सम्बन्धित कलेजहरुले वेवास्ता गर्ने गरेको र सम्बन्धित विश्व विद्यालयले पनि यस विषयको गम्भिरतालाई महत्व नदिइ जोड नगरेको देखियो' मेडिकल काउन्सिलको सुचनामा उल्लेख छ । अनुगमन आउँदा मात्रै पढाउन जाने नक्कली प्रध्यापकहरु 'खडे बाबा' का नामले बेला बेलामा चर्चामा आउने गरेका छन् ।

नागरिकमा रमेशकुमार पौडेलले लेखेका छन् ।

प्रतिक्रिया