Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

बिएसडब्लूका विद्यार्थीलार्ई अवसर !

बुधबार, १२ जेठ २०७३

काठमाडौँ, १३ जेठ । पछिल्लो समय मानविकी संकायका अन्य विषयमा विद्यार्थी संख्या घट्दै गए पनि बिएसडब्लू (ब्याचलर अफ सोसियल वर्क) मा भने विद्यार्थीको संख्या बढ्दै गएको छ । प्लस टुमा जुनसुकै संकाय पढेका विद्यार्थीले बिएसडब्लू पढ्न पाउ“छन् । 

धेरै खर्च नहुने तथा प्लस टुमा उत्तीर्ण भए मात्र पुग्ने कारण कमजोर विद्यार्थीको रोजाइमा पनि यो विषय पर्न थालेको हो । यस विषयलाई सोसल साइन्सको रूपमा पनि लिने गरिन्छ । विज्ञान विषयमा विभिन्न तथ्यलाई आधार मानेर प्रमाणित गरेझ“ै यसमा समाजका विभिन्न आयामलाई आधार मानेर खोज तथा अनुसन्धान गर्न सकिन्छ । समाज एउटा भिन्नै विज्ञानको रूपमा रहेकाले यसको स्कोप विश्वभर बढ्दो छ । समाजमा बसेर सामाजिक कार्य गर्छु भन्ने भावना भएको व्यक्तिलाई यो विषय राम्रो हुन्छ । 

विद्यार्थीले समाज सेवास“गै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने अवसर पनि पाउन सक्छन् । उनीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारीको रिपोर्ट राइटिङ, काउन्सिलिङ, अनुसन्धानजस्ता कार्य गर्न सक्छन् । त्यस्तै, आफ्नो रुचिअनुसार शिक्षण पेसा पनि अंगाल्न सक्छन् । यो विषय पढेपछि विद्यार्थीले राष्ट्र, राष्ट्रियता, परिवार, समाजलगायत विविध विषयमा जानकारी लिने अवसर पाउ“छन् । जसले गर्दा समाजमा बसेर केही सेवा गर्छु भन्ने भावनाको विकास हुन्छ । विशेष गरी समाजमा केही गर्छु भन्ने व्यक्तिले यो विषय अध्ययन गर्दा राम्रो हुन्छ ।

(नयाँपत्रिका दैनिकमा प्रकाशित)

प्रतिक्रिया