Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

सुप विश्वविद्यालयमा ताल्चा

बुधबार, ०६ असोज २०७२

काठमाडौं ६ असोज / एकीकृत नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले आफूहरुले उठाएका माग विश्वविद्यालयले सम्बोधन नगरेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस कञ्चनपुर, सिद्धनाथको प्रशासन कक्षमा तालाबन्दी गरेको क्रान्तिकारीले जनाएको छ । अखिल क्रान्तिकारीका जिल्ला सचिव वीरेन्द्रराज विष्टले क्रान्तिकारीले उठाएका माग सम्बोधन नगरेका कारण बाध्य भएर तालाबन्दी गरेको बताउनुभयो । उहाँका अनुसार भदौ अन्तिम साता क्रान्तिकारीले सातबँुदे माग विश्वविद्यालयलाई बुझाएको थियो ।

क्रान्तिकारीको तालाबन्दीका कारण बिहानैदेखि प्रशासनको काम प्रभावित भएको छ । विद्यार्थीले उठाएका मागप्रति विश्वविद्यालय उदासिन भएका कारण दबाबस्वरुप तालाबन्दी गरिएको सचिव विष्टको भनाइ छ ।
गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया