Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

सामुदायिक विद्यालयमा लगानी उठेन : मन्त्री शर्मा 

सोमबार, १० जेठ २०७३

काठमाडौँ, ११ जेठ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले सामुदायिक विद्यालयमा गरिएको लगानीअनुसार प्रतिफल आउन नसकेको बताएकी छन् ।  दाङको चौधेरामा रहेको गोरक्ष रत्ननाथ माविले सञ्चालन गर्न लागेको प्राविधिक शिक्षाअन्तर्गतको पशु विज्ञान कक्षको सोमबार उद्घाटन गर्दै उनले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन सबै लाग्नुपर्ने बताए ।  

शिक्षालाई मौलिक हकका रुपमा संविधनमा लेखिएको भन्दै उनले राज्य व्यवस्थामा आएको परिर्वतनसँगै शिक्षामा परिर्वतन ल्याउनुपर्नेमा उनको जोड थियो ।  

शैक्षिक सुधारमा प्राविधिले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै मन्त्री शर्माले त्यसतर्फ सबैको ध्यान जानुपर्ने बताए । उनले दाङको समग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

रासस 

 

प्रतिक्रिया