भक्तपुर - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि आयोग खोलेको छ । । निमावि तह तृतीय श्रेणीका विभिन्न १० विषयका लागि ११ सय १७ शिक्षक माग गरिएको आयोगले जनाएको छ ।
सबै भन्दा धेरै अँग्रेजीमा ३ सय २५ शिक्षक माग गरिएको छ । त्यस पछि सामाजिकका लागि १ सय ७३, नेपालीका लागि १ सय ६२, गणित विज्ञानका लागि १ सय ५५, विज्ञानका लागि १ सय ५३ शिक्षकको माग गरिएको छ । यस्तै गणितका लागि १ सय ४२ संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि २ तथा संस्कृत र संस्कृत भाषामा १ १ शिक्षकको लागि आयोग खोलिएको छ ।
२०६३ बैशाख १० देखि रिक्त दरबन्दीका लागि आयोग खोलेको आयोगले जनाएको छ ।
असार १२ गते सम्म फारम भर्न सकिने तथा लिखित परीक्षा भने भदौ ११ गते हुने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर फारम भर्न चाहनेलाई असार १९ गते सम्मको म्याद दिईएको छ ।
शिक्षा विषय लिएर प्रविणता प्रमाणपत्र तह उतीर्ण गरेका र शिक्षण लाइसेन्स प्राप्त गरेका नेपाली नागरिकले दरखास्त दिन पाउने छन् ।
दरखास्त शुल्क प्रति व्यक्ति ७ सय रुपैयाँ तथा प्रत्येक समावेशी समूहका लागि थप ५ सय रुपैयाँ निर्धारण गरेको आयोगले जनाएको छ ।
थप जानकारीका लागि: http://tsc.gov.np/
प्रकाशित मिति २०७३ जेठ १० गते
प्रतिक्रिया