काठमाडौं १० जेठ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २३ वटा संघसंस्थालाई २ सय ३४ विद्यालय र २७ वटा स्वास्थ्यचौकी भवन पुनर्निर्माणको अनुमति दिएको छ। प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्यचौकीका लागि विभिन्न संघसंस्थाबाट आएका प्रस्तावबमोजिम पुनर्निर्माण अनुमति दिइएको प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।
प्राधिकरणका अनुसार २ सय ३४ विद्यालयभवन निर्माणका लागि ३२ वटा संघसंस्था र २७ स्वास्थ्यचौकीका लागि आठवटा संस्थालाई जिम्मेवारी दिइएको छ। स्वीकृत परियोजनाअनुसार २ सय ३४ विद्यालय निर्माणका लागि १ अर्ब ७२ करोड ६७ लाख ३६ हजार ६ सय १० रुपैयाँ प्रस्ताव गरिएको छ। त्यसै गरी २७ वटा स्वास्थ्यचौकी निर्माणका लागि ३९ करोड ३२ लाख ८१ हजार ३ सय २६ रुपैयाँ प्रस्ताव गरिएको छ।
नागरिकमा खबर छ ।
प्रतिक्रिया