Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

हिसानको 'एडु फेयर' सकियो, दुई लाखद्धारा अवलोकन

सोमबार, १० जेठ २०७३

काठमाडौँ, १० जेठ । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला ‘तेस्रो कान्तिपुर हिसान एडु फेयर’सकिएको छ ।  नेपालमा सञ्चालित उच्च माध्यामिक विद्यालयको शिक्षाबारे एउटै छातामुनि जानकारी दिने उद्देश्यले आयोजित एडु फेयर दुई लाखले अवलोकन गरेको हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जानकारी दिए ।  

उनले मेलाले विद्यार्थी र अभिभावकलाई उच्च शिक्षा अध्ययन गर्ने कुन विषयमा कस्तो कलेज छान्नुपर्दछ भन्ने जानकारी दिएको बताए ।  एसएलसी र १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीले माथिल्लो तह अध्ययन गर्न कस्तो कलेज र कुन विषय अध्ययन गर्ने भन्ने जानकारी दिनका लागि फेयर आयोजना गरिएको थियो ।  

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा गरिएको फेयरमा उच्च शिक्षा अध्यापन गराउने देशभरिका १०० शैक्षिक संस्थाका कक्ष राखिएका थिए । 

 

रासस 

 

प्रतिक्रिया