Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

घुस रकम सहित श्रोत व्यक्ति पक्राउ

आइतबार, ०९ जेठ २०७३

काठमाण्डौ - श्रोत व्यक्ति ईश्वर प्रसाद अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको छ । बुढानिलकण्ठ नगरपालिका - ९ स्थित प्रि मन्टेरश्वरी स्कूल अपग्रेड गर्नको लागि आवश्यक अनुमती दिने क्रममा उनले घुस खाएको अख्तियारले दावी गरेको छ ।

काममा आलटाल गरी  घुस मागेको उजुरी एवं सूचनाको आधारमा आयोगबाट खटिई गएको टोलीले घुस रकम वापत लिएको ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । आवश्यक अनुसन्धान हुँदा अर्यालले घुस खाएको पुष्टि भएको खख्तियारले दावि गरेको छ ।

सोही प्रमाणका आधारमा अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ । 

प्रकाशित मिति २०७३ जेठ ९ गते

प्रतिक्रिया