Edukhabar
विहीबार, २२ फागुन २०८१
खबर/फिचर

गण्डकी मेडिकल कलेज प्रकरण, अख्तियारको पत्र आएको छैन : काउन्सिल प्रवक्ता

आइतबार, ०९ जेठ २०७३

काठमाडौं–एमबीबीएस पढाउन सिट निर्धारण गर्दा गलत प्रतिवेदन दिएको भन्दै निरिक्षण टोलीमा खटिएका मेडिकल काउन्सिलका सदस्य एवंम प्रवक्ता डा. कृष्ण अधिकारी, प्रा.डा. गणेशकुमार राई सहित ६ जना सरकारी अधिकारी झुटा विवरण दिए पछि स्वत निलम्वित भएका छन् । काउन्सिलका प्रवक्ता अधिकारीले आफुलाई अख्तियारले पूर्वाग्राही भएर मुद्धा चलान गरेको गुनासो गर्दैं आधिकारिक पत्र सहितको जानकारी नआएको  बताए ।

गण्डकी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल प्रा.लि.पोखराका अध्यक्ष खुमा अर्याल र मेडिकल कलेजको सिट निर्धारण गर्न गएको निरीक्षण टोलीका सदस्य प्रा.डा.गणेश कुमार राई सहितका १२ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत रिपोर्ट पेश गरेको तथ्यका आरोपमा गत शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पढ्नुहोस्  : मेडिकल 'माफिया' अख्तियारको फन्दामा ! गण्डकी कलेजका अर्यालसहित १२ जनाविरुद्ध बिशेष अदालतमा मुद्दा 

प्रवक्ता अधिकारीले निरिक्षणमा गएको टोलीको छड्केमा काउन्सिलका तर्फबाट आफु गएको दावी गर्दैं अनाहकमा आफुलाई अख्तियारले मुद्धा दायर गरेको बताए । उनले भने “काम गर्दा नैतिकता र जिम्मेवारीलाई ध्यान दिदा दिदैं पनि अख्तियारको मुद्धा आई लाग्यो ।” तर आफुलाई कुनै आपत्ती नभएको उनले बताए । अरुले गरेको कामको दोष आए पनि पखालिने विश्वास उनले व्यक्त गरे ।

अख्तियारको मुद्धा लागे पछि पदीय जिम्मेवारीका हिसावले स्वत निलिम्वित भएको अधिकारीले बताए । अधिकारी शुसिल कोईराला सरकारका स्वास्थ्य मन्त्री खगराज अधिकारीको सिफारिसमा स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यमा समेत नियुक्त भएका थिए । ९० सिट क्षमतामा संचालन हुन सक्ने कलेजलाई १ सय २५ सिट सिफारिश गरेको आधारमा अख्तियारले अनुसन्धान गरेर सरकारी अधिकारी र संचालक विरुद्ध मुद्धा दायर गरेको हो ।

मेडिकल काउन्सिल र त्रिवि अन्र्तगतको चिकित्सा विज्ञान अध्ययन संस्थान –आईओम) का पदाधिकारीले प्रलोभनमा परेर मापदण्ड अनुुसारको भौतिक पूर्वाधार नभएको गण्डकी मेडिकल कलेजलाई १ सय ५० सिट विद्यार्थी भर्नाका लागि सक्षम रहेको सिफारिश गरेको आरोपमा आयोगले कलेज संचालक अर्याल र राई सहितका १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति २०७३ जेठ ९ गते

प्रतिक्रिया