Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

नासामा नेपाली वज्ञानिकको चमत्कार

आइतबार, ०९ जेठ २०७३

काठमाडौँ, ९ जेठ । अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीको नासा प्रयोगशालामा लमजुङ राइनसका डा. सुरेन्द्र अधिकारी संसारभरिबाट पग्लिएको हिउँ कहाँ जान्छ भन्ने प्रश्नको मसिनो उत्तर खोजिरहेका थिए ।   अन्टार्कटिका, ग्रिनल्यान्डजस्ता हिउँ थुप्रिने ठाउँको हिउँ बिलाएर समुद्रमा कसरी मिसिन्छ भन्ने जान्न उनले हजारौं अध्ययनअनुसन्धानका निष्कर्ष पढे । हिउँ विज्ञानबारे खोज्दाखोज्दै अधिकारीले विश्व नै चकित बनाउने पृथ्वीको दिशा परिवर्तनबारे नयाँ तथ्य पत्ता लगाए ।  

उनको अध्ययनले भन्यो– पृथ्वीको उत्तरी ध्रुव पूर्वतिर तीव्र गतिमा सरिरहेको छ जुन अस्वाभाविक हो । एक सय १५ वर्षदेखिका उपलब्ध तथ्यांक विश्लेषण गर्दा निस्किएको निष्कर्षले विश्वको ध्यान तान्यो र नेपाली वैज्ञानिक अधिकारी एकाएक सेलिब्रेटी बने ।   

बीसौं शताब्दीमा प्रतिवर्ष दस सेन्टिमिटरका दरले क्यानाडाको दिशातिर अघि बढिरहेको ध्रुव अहिले दोब्बर गतिमा अर्को दिशातर्फ बढिरहेको उनले पत्ता लगाए । ‘२१ औं शताब्दीको सुरुआतदेखि भने पोल प्रतिवर्ष २० सेन्टिमिटरका दरले लन्डनतिर सर्न थाल्यो जुन पृथ्वीमा आएको नाटकीय परिवर्तन होु, अधिकारीले अन्नपूर्णसँग भने ।  

पृथ्वीको ध्रुवबारे नै नयाँ तथ्यको संकेत मिलेपछि अधिकारी र उनलाई साथ दिइरहेका अमेरिकी वैज्ञानिक एरिक इभिन्सको ध्यान नयाँ विषयतिर पूरै मोडियो । यसका लागि उनले तारा तथा अन्य ग्रहको पुरानो र नयाँ स्थान ९पोजिसन० का बारेमा पनि अध्ययन गरे । अन्त्यमा निष्कर्ष निकाले– पृथ्वीको उत्तरी ध्रुव दक्षिणी ध्रुवको तुलनामा हलुंगो पनि छ । सन् १८९९ देखि नै वैज्ञानिकले गर्दै आएको ध्रुव र त्यसको चालबारेको निष्कर्षले पनि यसलाई थप पुष्टि गर्‌यो ।  

उनीहरूले अर्को नयाँ तथ्य पनि पत्ता लगाए– पृथ्वीको उत्तरी धु्रव पूर्वतिर सर्नुको कारण ग्रिनल्यान्ड वा अन्टार्कटिकाको हिउँ पग्लिनु मात्रै होइन, एसियामा बढिरहेको खडेरी पनि हो । ‘एसियामा पानीको परिमाण कम हुँदा कतिपय स्थानमा बढी पानी जम्मा भएको छ, जसले पृथ्वी नै असन्तुलितजस्तो देखियोु, अधिकारीले भने ।  

उनका अनुसार दक्षिणएसियामा खडेरीका कारण पृथ्वीको एक भागको तौल नै हलुका भयो र गह्रुँगो भागले धकेल्दा पूर्वतिर सरेको हो । ‘हिमाली क्षेत्रको हिउँ पग्लिँदा हिउँ भएको स्थान हलुका भयो र हिउँ पग्लिएर पानी जम्मा भएको ध्रुव थप गहु्रँगो बन्योु, अधिकारीले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी परिसरमा संवाददातासँग भने, ‘पृथ्वीको तौल एकातिर घट्दा अर्कोतर्फ थुप्रिन्छ । पानी एकातिर सुक्दै अर्कातर्फ थुप्रिँदै गएको छ । २–४ किलोमिटर बाक्लो हिउँ पग्लिँदै पानी बन्न थालेको छ । त्यसले समुद्रको सतह बढाएको छ र पृथ्वीको भार एकबाट अर्को ठाउँमा सरेको छ ।' 

उनी संलग्न संस्था अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन ९नासा० ले गरेका अनुसन्धानमध्ये साइन्स एड्भान्स जर्नलमा प्रकाशित अधिकारीको यो पछिल्लो अध्ययन धेरै खोजिएका एक सयको सूचीमा समेत पर्‌यो । त्यसपछि त उनको चर्चा झन् चुलियो । ‘पचासभन्दा बढी अन्तर्राष्ट्रिय ठूला सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिइसकें । सर्वसाधारण र वैज्ञानिक समुदायकै पनि यस विषयमा सोचेभन्दा धेरै चासो र जिज्ञासा आयोु, नयाँ अध्ययनको तयारी गरिरहेका अधिकारीले उत्साहित हुँदै भने ।  

अधिकारीले जलवायु परिवर्तनका कारण पृथ्वीमा आइरहेका अन्य परिवर्तन र असरबारे थप बृहत् अध्ययनको तयारीसमेत गरिरहेका छन् । ‘जलवायु परिवर्तनका कारण ध्रुवीय प्रणाली नै बदलिएको तथ्य विश्वकै लागि नौलो भयो । यसबारे थप अध्ययनको तयारीमा छुु, उनले भने ।  

अधिकारी नासाको क्यालिफोर्नियास्थित जेट प्रपल्सन ल्याब्रोटरीका वैज्ञानिक हुन् । सन् १९९८ मा सौभाग्य स्कुलबाट एसएलसी दिएका अधिकारीले राजधानीको अमृत साइन्स कलेजबाट आईएस्सी गरे । कक्षामा दाजुसँग पहिलो स्थानका लागि प्रतिस्पर्धा गर्ने अधिकारीलाई इन्जिनियर बनाउने उनको परिवारको चाहना थियो । ‘म गणितमा सानैदेखि रुचि राख्थें । अन्ततः मेरो पढाइको रुचि अन्यत्रै मोडियोु, अधिकारीले भने । बेल्जियमको फ्री युनिभर्सिटीबाट भूगर्भ इन्जिनियरिङमा एमई सकेपछि उनले युनिभर्सिटी अफ क्यालगेरी ९क्यानाडा० बाट सन् २०१२ मा विद्यावारिधि गरे ।  

अधिकारीले सिंगो हिन्दकुश हिमालयमा हिउँको अवस्था र पृथ्वीमा यसको प्रभावबारे छिट्टै नयाँ र बृहत् अनुसन्धानको तयारी गरिरहेको जानकारी दिए । ‘मलाई यसपटकको उपलब्धिले भविष्यमा थप नौलो तथ्य पत्ता लगाउन प्रेरित गरेको छु, आगामी वर्षदेखि नासामा पूर्ण वैज्ञानिकका रूपमा सक्रिय हुने योजना बनाइरहेका अधिकारीले भने । 

(अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया