काठमाडौँ, ८ जेठ । खोटाङ नेर्पा ६ का युवाले सामूहिकरुपमा बंगुरपालन गरेका छन् । वंगुर पालनबाट गाउँमै आम्दानी लिन र रोजगारी सिर्जना गर्न निरौली कृषि सहकारी संस्था गठन गरेर युवाले हेमसायर, पाख्रीबास, ड्युरोक, पुँडीलगायत जातका सुँगुर पालेका छन् ।
गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्न ३६ जना स्थानीयको १९ लाख शेयर लगानीमा बंगुर पाल्न थालिएको हो । अहिले बुंगुरको मासु र पाठा उत्पादन दुवैलाई प्राथमिकतामा राखिएको सहकारीका सचिव पवन राईले बताए ।
कृषि पेसाप्रतिको घट्दो मोह जगाउनका लागि दिक्तेल बहुमुखी क्याम्पसका पढाउने सरहरुले पनि दिक्तेल नगरपालिका २ मा नमूना कृषि फार्म सञ्चालनमा ल्याएका छन् । साढे पाँच रोपनी जग्गा भाडामा लिएर क्याम्पसका सरहरु रबिन सुनुवार, सामप्रसाद राई लगायतले कृषि फार्म सञ्चालनमा ल्याएका हुन् ।
(नागरिक दैनिकमा प्रकाशित)
प्रतिक्रिया