Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

बृहत् शैक्षिक मेला आजदेखि

शनिबार, ०८ जेठ २०७३

काठमाडौँ, ८ जेठ । नेपाली विद्यार्थीलाई भारतको विभिन्न विश्वविद्यालयका विषयमा जानकारी दिने तथा त्यहाँ अध्ययनरत विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यले शनिबारदेखि बृहत् शैक्षिक मेला सुरु हुँदैछ ।  भारतको एड सिल प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिप्तीमान दासले आज र भोलि अन्नपूर्ण होटलमा हुने शैक्षिक मेलाबाट नेपाली विद्यार्थी लाभान्वित हुने बताए । 

प्राविधिक, व्यवस्थापन, विज्ञान तथा इन्जिनियरिङ विषयमा भारतमा अध्ययन गर्न जाने विद्यार्थीका लागि त्यहाँको विश्वविद्यालय तथा कलेजको गुणस्तरका बारेमा विभिन्न सामाजिक सञ्जाल तथा सहयोगीको माध्यमबाट सूचना प्राप्त गर्ने सक्ने भए पनि एड सिल प्रालिमार्फत गएका विद्यार्थीले पर्याप्त जानकारी प्राप्त गर्नेछन् । 

दिल्लीस्थित भारतीय प्रविधि इन्स्टिच्युटका प्रमुख डा सञ्जीव सान्घीले भारतको विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्थीले लामो समयदेखि अध्ययन गर्दै आएको चर्चा गर्दै त्यहाँ अध्ययन गर्न जानुपूर्व उचित तथा राम्रो शिक्षण संस्थाको छनोट गर्न सकेमा नेपाली विद्यार्थी लाभान्वित हुने बताए । 

रासस 

 

प्रतिक्रिया