Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

जनक शिक्षाले ढाटेको भन्दै कारबाहीको माग 

शनिबार, ०८ जेठ २०७३

काठमाडौं, ८ जेठ ।  नेपाल राष्ट्रिय अभिभावक संघले जनकशिक्षा सामग्री केन्द्रले दिएको पाठ्यपुस्तक वितरणसम्बन्धी तथ्याङ्क झुठो भएकाले सम्बन्धित अधिकारीलाई कारबाही गर्न माग गरेको छ । 

संघको शुक्रबार बसेको पदाधिकारी बैठकपछि अअध्यक्ष धर्मदत्त देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक छपाएर समयमा वितरण गर्ने पूर्व प्रतिबद्धता पूरा नभएको जनाएको छ । 

संघले कक्षा ६ देखि १० सम्मका ३० देखि ४० प्रतिशत पाठ्यपुस्तक समयमा सेटमा पुर्‍याउने प्रतिबद्धता पूरा नभएको जनाउँदै केन्द्रले पुगिसकेको भन्ने विवरण सार्वजनिक गरेकामा आपत्ति जनाएको हो । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समयमा पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता गरे पनि सो पूरा नभएकाले केन्द्रका अधिकारीलाई कारबाही गर्न सङ्घले सरकारको ध्यानाकर्षण गराएको हो । 

रासस

 

प्रतिक्रिया