काठमाडौँ, ७ जेठ । विदेश पठाइदिने बहाना बनाएर ठगी गर्ने कन्सल्टेन्सीको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय अपराध महाशाखाको तथ्याङ्कअनुसार गत आवमा १०० भन्दा कम निवेदन परेकामा यस आवमा १८० निवेदन परेको छ ।
कन्सल्टेन्सी ठगी ४४, बिचौलियामार्फत ठगी २२, म्यानपावर ठगी १२ तथा ट्राभल एजेन्सीमार्फत ठगीका तीनवटा निवेदन परेको छ । यस्तै ३८ निवेदकलाई मिलापत्र गराएर पठाएको र बाँकी ६१ निवेदन अनुसन्धानका क्रममा रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
“यस वर्ष कन्सल्टेन्सीको सङ्ख्यामा वृद्धि भएको छ, महाशाखा सक्रिय रहेकाले गत वर्षको तुलनामा सङ्ख्या बढेको हो,” उनले भने । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु ठगिने गरेको सूचना धेरै आउन थालेपछि प्रहरीले सक्रियता बढाएको उनको भनाइ छ ।
रासस
प्रतिक्रिया