Edukhabar
शनिबार, १२ असोज २०८१
अन्तैवाट

विद्यालय पुनःनिर्माणमा प्रवासीको सहयोग

शुक्रबार, ०७ जेठ २०७३

काठमाडौँ, ७ जेठ ।  म्याग्दीको पिप्ले–७ कलेजाबाङमा रहेको हिमालय प्राथमिक विद्यालयको पुनःनिर्माणका लागि बेल्जियममा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् ।  भूमिगत पहिरोका कारण जीर्ण अवस्थामा पुगेको विद्यालयलाई नयाँ ठाउँमा स्थानान्तरण गरी पुनःनिर्माणका लागि बेल्जियममा रहेका राखुबासी र म्याग्देलीले रु पाँच लाख ५६ हजार ३५२ आर्थिक सहयोग गरेका हुन् । 

उक्त सहयोग बुधबार विद्यालय स्थानान्तरण गरी पुनःनिर्माण गर्न लागिएको स्थानमा आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा कलेजाबाङ घर भई हाल बेल्जियममा रहनुभएका म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेल्जियमका उपाध्यक्षसमेत रहनुभएका गणेश भण्डारीले भवन निर्माण समितिका अध्यक्ष शान्तबहादुर भण्डारी र प्रधानाध्यापक शिवलाल भण्डारीलाई हस्तान्तरण गरेका थिए । 

विद्यालयलाई उपलब्ध गराइएको उक्त सहयोगमध्ये मोना बेल्जियममार्फत रु ७५ हजार र ३६ जना सहयोगदातामार्फत थप रु चार लाख ८१ हजार ३५२ सहयोग जुटाइएको थियो । 

 रासस 

 

प्रतिक्रिया