Edukhabar
शनिबार, १२ असोज २०८१
खबर/फिचर

नेपालको शिक्षा समाजवादतिर उन्मुख : शिक्षामन्त्री पोखरेल 

विहीबार, ०६ जेठ २०७३

काठमाडौँ – शिक्षामन्त्री गिरिराजमणी पोखरेलले नेपालको शिक्षा समाजवादतिर उन्मुख भएको बताएका छन् ।  ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित उच्च माध्यामिक विद्यालय संघ (हिसान) को आयोजनामा बिहीबारबाट राजधानीमा शुरु  तेश्रो ‘एडुफेयर’ को उद्घाटन सत्रमा बोल्दै शिक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् । 

मुलुकको समृद्धि व्यवसायिक र प्राविधिक शिक्षाको आवश्यकतासंगै हुने भएकाले शिक्षा समाजवादतिर उन्मुख भएको मन्त्री पोखरेलले दाबी गरे ।  ‘समृद्धिका लागी चाहिने व्यवसायिक र प्राविधिक शिक्षा परिपुर्ति गर्दै जानु अहिलेको आवश्यकता हो’ मन्त्री पोखरेलले भने ‘यसले गर्दा नेपालको शिक्षा समाजवादतिर उन्मुख भइरहेको छ ।’

लामो समयदेखि प्रमाणपत्रधारी शिक्षाले मुलुकको विकास गर्न नसकेको भन्दै शिक्षामन्त्री पोखरेलले सरकारी र नीजि विद्यालयको योगदानले दक्ष जनशक्ति उत्पादन हुँदै गइरहेको दाबी गरे ।  मन्त्री पोखरलेले विदेश जानुको सट्टा नेपालमै उत्कृष्ट शिक्षा हासिल गर्न सकिने भन्दै अभिभावकस्तरबाट विद्यार्थीलाई आफ्नै देशका कलेजहरुमा पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा उच्च माध्यामिक शिक्षा परिषदका सदस्य सचिव नारायण प्रसाद कोइरालाले नीजि कलेजहरुको योगदानले नै चालिस हजार शिक्षित जनशक्तिले रोजागारी पाएको बताए ।  हिसानका अध्यक्ष रमेश सिलवालले गुणस्तरीय र सीपमुलक शिक्षा नेपालमै रहेकाले विदेश चाहारिरहन आवश्यक नहरेको बताए । 

उनले विद्यार्थीलाई विदेशका कलेजहरुमा पठाउने कन्सल्टेन्सीलाई प्रदर्शनीमा प्रवेश नदिइएको भन्दै पढ्ने विद्यार्थीर्ला स्वदेशमा गुणस्तरीय शिक्षा दिन कलेज रहेको जिकिर गरे ।  आइतबारसम्म चल्ने प्रदर्शनीमा विभिन्न एक सय बढी नीजि कलेजहरुका स्टल छन् । 

राजधानीको भृकुटीमण्डपमा शुरु प्रदर्शनीमा एसएलसी र प्लस टु दिएका विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागी कलेज छनोट गर्न सक्नेछन् ।

प्रकाशित मिति २०७३ जेठ ६ गते ।

 

प्रतिक्रिया