Edukhabar
शनिबार, १२ असोज २०८१
गतिविधि

रिसर्च मेनेजमेन्ट सेलको कार्यशाला चल्दै

बुधबार, ०५ जेठ २०७३

काठमाडौँ – मध्यपश्चिमान्चल विश्वविद्यालय  सुर्खेत अन्तर्गतको  अनुसन्धान केन्द्रको  रूपमा  काम गरिरहेको रिसर्च मेनेजमेन्ट सेलले विश्वविद्यालयमा कार्यरत  प्राध्यापकहरूको पेसागत दक्षता विकासका लागि “प्रभावकारी शिक्षण सिकाईका लागि व्यैक्तिक अध्ययन बिधिको प्रयोग” बिषयक दुई दिने कार्यशाला सुर्खेतमा शुरु भएको  छ।

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा बुधबारबाट शुरु कार्यशालाको उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले उद्घाटन गर्दै शिक्षण सिकाइ क्रियाकलापलाई सिकारू  र  सिकाइमैत्री बनाउनु पर्नेमा जोड दिए ।   व्यैक्तिक अध्ययन बिधिको प्रयोगले  गरेर  सिक्ने र  विषयवस्तुलाई गहिरिएर  अध्ययन गर्ने सिपको विकास हुने विश्वास पनि उनले व्यक्त गरे । 

कार्यशालाको पहिलो सत्रमा विज्ञको रूपमा सहजीकरण गर्दै उपकुलपति प्रा.डा. कोइरालाले उक्त विधिका बिबिध  आयामका बारेमा प्रशिक्षण समेत गरेका थिए ।  त्यसै गरी रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले शिक्षण सिकाइ क्रियाकलापलाई कक्षा कोठामा  प्रभावकारी शिक्षण बिधिको रूपमा रहेको व्यैक्तिक अध्ययन बिधि लगायतका बिधिहरूको प्रयोग गर्नुपर्नेमा जोड दिए । 

सेवा आयोगका सदस्य प्रा. डा. श्रीराम प्रसाद उपाध्यायले  शिक्षण सिकाईको प्रभावकारी विधिको रूपमा रहेको  केस बिधिलाई प्रयोग गर्न यसको बारेमा राम्रोसंग प्रशिक्षित हुनुपर्नेमा  जोड दिए । रिसर्च मेनेजमेन्ट सेलका संयोजक पूर्णमान श्रेष्ठको अध्यक्षतामा सुरू भएको उक्त कार्यशालामा बिभिन्न सङ्कायका करिब ६० जना भन्दा शिक्षकहरूको सहभागिता रहेको छ । 

सो  कार्यक्रममा मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन खोपिराम लम्साल, बिज्ञान तथा प्रबिधि सङ्कायका डीन प्रा. डा.देब बहादुर खड्का, व्यवस्थापन सङ्काय मुसुमका डाइरेक्टर डा. नारायण पौडेल, पुर्व डीन तथा रिसर्च मेनेजमेन्ट सेलका सदस्य डा. दिप बहादुर पौडेल लगायतकाले आफ्नो विचार राखेका रिसर्च मेनेजमेन्ट सेलका सदस्य यज्ञ प्रसाद उपाध्यायले  जानकारी दिए ।

प्रकाशित मिति २०७३ जेठ ६ गते ।

 

प्रतिक्रिया